झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ७ जेठ । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिताको मिति सरेको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजक संस्था बडि ग्यारेज बिर्तामोडले प्रतियोगिताको मिति सरेको जनाएको हो । बडी ग्यारेजका अध्यक्ष अर्जुनकुमार मैनालीले जेठ १२ र १३ गते हुने भनिएको प्रतियोगिता जेठ २५ र २६ गते हुने बताउनुभयो । आयोजकका अनुसार २५ गते छनोट चरण र २६ गते फाइनल राउण्डको प्रतियोगिता हुने छ । प्रतियोगिताका लागि धेरै खेलाडीले तयारी गरिरहेको र मितिबारे अन्योल सिर्जना भएको अवस्थामा आयोजकले प्रतियोगिताको मिति सरेको र प्रतियोगिता नयाँ तालिका अनुसार हुने जनाएको हो । प्रतियोगितामा प्रवेशका लागि…

Read More

बिर्तामोड, ७ जेठ । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले सुकुम्बासीलाई धपाउने राज्यले सोही ठाउँमा भू–माफियाले ठड्याएको महल नदेखेको गुनासो गरेका छन् । झापाको बिर्तामोडमा भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया उनीहरुले गरीब, निमुखा सुकुम्बासी लखेट्ने राज्यले सोही जग्गामा बनेको ठूला महल नजरमा नपर्ने गुनासो गरेका हुन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजनामा गरेको अन्तरक्रियामा बिर्तामोड नगर क्षेत्रभित्र रहेका सुकुम्बासीहरुले आ–आफ्ना समस्यासँगै गुनासो पोखेका हुन् । कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासी सम्बन्धि कार्य प्रगतिबारे जिज्ञासा राख्नुभयो । उहाँले जिल्लाका अन्य पालिकामा काम भइरहे पनि बिर्तामोडमा आयोगले काम गर्न र…

Read More

विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं सावित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । समृद्ध नेपाल…

Read More

झापा, ७ जेठ । झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन । हिजो बिहान ११ बजे भद्रपुर नगरपालिका–८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका–७ झापा घर भई काठमाडौं बस्दै आएकी २६ वर्षीया एन्जल राईले भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेचीपुलबाट बुद्धशान्ति गाउँपालिका–१ का २२ वर्षीय समिर दर्जी, मेचीनगर–१ का २१ वर्षीय दिपेशकुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित…

Read More

बिर्तामोड, ७ जेठ । अलैंची व्यवसायीले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलासमक्ष व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका छन् । झापाको बिर्तामोडमा आज नेपाल अलैंची व्यवसायी महासंघले मन्त्री सिटौलालाई बधाई तथा सम्मान ज्ञापन गर्दै व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका हुन् । कार्यक्रममा अलैंची व्यवसायीको गुनासो सम्बोधन गर्दै नेपालमा अलैंची विज्ञ नरहेकाले अलैंची विज्ञ उत्पादन गन जरुरी रहेको बताउनुभयो । आफू पनि अलैंची कृषक भएकाले अलैंचीको समस्याबारेमा जानकार रहेको अलैंची क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने उहाँको भनाइ छ । अलैंची उत्पादन सम्बन्धी शिक्षाको आवश्कता रहेको सो तर्फ सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । अलैंची प्रबद्र्धनका लागि व्यवसायीले…

Read More

बिर्तामोड, ७ जेठ । बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको छ । झापा बिर्तामोडमा आइतवार (आज) उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै मेघराज वास्तोलालाई अध्यक्ष पदको उम्मेद्वार खडा गर्दै सो समूहले आफ्ना उम्मेद्वार सार्वजनिक गरेको हो । आगामी जेठ १५ गते बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ । लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारश मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यमा आनन्द गुरुङ,वालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् । नेपाली कांग्रेस बिर्तामोड नगर…

Read More

बिर्तामोड, ६ जेठ । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा खेल बर्षाका कारण रोकिएका छन् । पुर्व राष्ट्रिय लेजेण्ड खेलाडीहरुको सहभागिता रहेको टिमहरुले बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिर्तामोड नगरपालिकाभित्रका २१ वटा कर्पाेरेट टिमहरुको सहभागितामा सञ्चालित प्रतियोगितामा शनिबार मन्त्र थकाली, न्यु स्टार, स्टार क्रिकेट टिम, डि डब्ल्यु वानले जित हात पारेका छन् । उद्घाटन खेलमा बिर्तामोडको मन्त्र थकालीले एक्स्पर्ट एजुकेशन कन्सलटेन्सीलाई १ विकेटले जितेको छ । एक्सपर्टले दिएको ५१ रनको लक्ष्य ५ विकेट गुमाएर…

Read More

भद्रपुर, ६ बैशाख । झापाको भद्रपुर नगरपालिकामा दुई दिवसीय पत्रकारिता प्रशिक्षण कार्यशाला शुरु भएको छ । भद्रपुर प्रेस क्लबको आयोजना तथा भद्रपुर नगरपालिकाको वित्तीय सहयोगमा दुई दिने पत्रकारिता प्रशिक्षण एवम् कार्यशाला शुरू भएको हो । कार्यशालाको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो । नगरप्रमुख पोखरेलले कार्यशालाले पत्रकारहरुको क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यशालाबाट प्राप्त ज्ञान–सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुको वृत्ति विकासमा नगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगीले पत्रकारिता क्षेत्रले समाजलाई सही मार्गमा डो¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सोही अनुरुप पत्रकारहरुको भूमिका हुनुपर्नेमा जोड…

Read More

भद्रपुर, ६ जेठ । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उभौली पर्वको अवसरमा भद्रपुरका किँरात समुदायले मनाउँदै आएको साकेला उत्सव यस वर्ष फरक तरिकाले मनाएका छन् । भद्रपुर–९ स्थित किराँत साकेला थान भूमिपूजा स्थलमा भेला भएका किराात राई यायोक्खा भद्रपुर ५ देखि १० सम्मका किराँत समुदायले पहिचान मेटिने गरी प्रदेशको नामाकरण भएको बिरोध गर्दै विविध नृत्य सहित उत्सव ्मनाएका हुन् । उत्सव स्थलमा कोशी प्रदेश मुर्दावाद अंकित नारा लेखिएका पोष्टर टाँसिएको थियो भने कार्यक्रममा सम्बोधन गर्ने सवै वक्ताले पहिचान खोसिने गरी प्रदेशको नामाकरण भएकोमा कडा आपत्ति जनाएका थिए । कार्यक्रममा किरात राई यायोक्खा भद्रपुर नगर समितिका…

Read More

सन्तोष शर्मा बिर्तामोड, ६ जेठ । झापाको बिर्तामोडस्थि बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । ठूला–साना दलहरु नेतृत्व आफ्नो हातमा पार्न चुनावी कसरतमा जुटेका छन् । सोही सन्दर्भमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल एवम् स्वतन्त्र व्यक्तिहरु मिलेर ‘स्वतन्त्र प्रगतिशील प्यानल’ बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेतृत्वमा नौ सदस्यीय कार्यसमितिका लागि देवेन्द्र सिटौलाको नेतृत्वमा स्वतन्त्र प्रगतिशील प्यालन चुनावी मैदानमा उत्रिएको हो । संस्थाको उपाध्यक्षका लागि प्रदीप खरेल, सचिवमा विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशी, खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र उमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी…

Read More