
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रमाणीकरणलाई नेपालको संविधानको धारा ६१ को उपधारा (२), (३) र (४) तथा धारा ६६ मा उल्लेख प्रावधान र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार मानेको जनाएका छन्। तर संविधानको धारा ६१ मा राष्ट्रपतिको परिचय छ। र, धारा ६६ मा काम कर्तव्य र अधिकार छ। धारा ६६ मा ‘विधेयक प्रमाणीकरण’को कुनै व्यवस्था छैन। विधेयक प्रमाणीकरणको व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ। तर राष्ट्रपति पौडेलले यो धारालाई आधार मानेका छैनन्। राष्ट्रपति कार्यालयबाट बुधवार प्रेषित विज्ञप्तिमा यो धारा कहीँ कतै उल्लेख छैन। जबकि संविधानको धारा ११३ को…
झापा, १८ जेठ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीले ठूलो परिणाममा रकम ठगी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने भनेर नयाँ नयाँ प्रणालीको विकास गरे पनि वैदेशिक रोजगारीका नाममा हुुने ठगी रोकिएको छैन । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका व्रmममा ठगी गरेको, विदेश पु(याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएकोलगायत विभिन्न विषयमा पछिल्लो १० महिनामा मात्रै ९२५ वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि…
झापा, १८ जेठ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताए । उनले अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका…
कनकाई, १७ जेठ । झापाको कनकाई नगरपालिकाका किसानलाई मकै छोडाउने मेसिन प्रदान गरिएको छ । कनकाई नगरपालिकाले वडा नं. ४ र ५ का २२ जना किसानलाई मकै छोडाउने मेसिन प्रदान गरेको हो । नगरले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न उपकरण प्रदान गर्दै आएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । किसानले औजारको प्रयोग गर्दा लागत मूल्य घट्नुका साथै समय बचत हुने भएकाले नगरले कृषिमा यान्त्रिकीकरण गरिरहेको उहाँले बताउनुभयो । कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले उन्नत प्रविधि र बिऊ विजन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कनकाई–५ स्थित बेनुबाजा कृषि सहकारी संस्थाको समन्वय, कनकाई वडा नं. ५ को सिफारिसमा नगरपालिकाले किसानलाई मकै…
भद्रपुर, १७ जेठ । झापामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । यस खेलसँग सम्बद्ध युवाको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् भने सदस्यमा जिवेश ओली, गीता खड्का, अतीत खनाल, नविन श्रेष्ठ, रोहित राजवंशी, विपिन कार्की र दिलकुमार भूजेल चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कराँँते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा संघका कार्यकारी निर्देशक विवेक सुवेदीले स्वागत गरेका…
सन्तोष शर्माबिर्तामोड, १७ जेठ । झापामा सहकारी अभियानलाई सुदृढ बनाउन सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको छ । सहकारी संस्थाहरुको तीन वटा सरोकारी निकायले आज बिर्तामोडमा “सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती”को विषयमा यहाँका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो । मुलुकमा व्याप्त आर्थिक संकटसँगै केही सहकारीका सञ्चालकहरुको कमी कमजोरीका कारण समग्र सहकारी अभियानमा चुनौती थपिएको भन्दै झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा यहाँका सञ्चारकर्मीहरुले सहकारी क्षेत्रमा देखिएका विकृति र समाधानका लागि सुझावहरु दिएका छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाका सञ्चारकर्मीहरु…
भद्रपुर, १७ जेठ । झापाको भद्रपुरमा ‘प्रथम भद्रपुर युथ समिट–२०८०’ हुने भएको छ । स्थानीय तहको विकासमा युवा सहभागिता र भूमिका सशक्त बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाको नगर युवा परिषदको आयोजनामा बिहीबार र शुक्रबार (जेठ १८ र १९ गते) युथ समिट हुन लागेको हो । नगरपालिका परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिका नगरप्रमुख गणेश पोखरेलले युथ समिट नगरले बजेटमै घोषणा गरेको कार्यक्रम भएको बताउनुभयो । नगरपालिकाले युथ समिटका लागि रू छ लाख बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख राधा कार्कीले सबैका सहयोगले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासमा युवा सहभागिता अनिवार्य हुने बताउनुभयो…
भद्रपुर, १७ जेठ । भद्रपुर–५ शान्तिटोल (मेची किनार)मा निर्माण गरिएको मलामी विश्राम गृहको एक कार्यक्रमकाबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र, भद्रपुरले संयुक्त रुपमा निर्माण गरेको मलामी विश्राम गृहको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०७६ सालमा भद्रपुरकै ऐतिहासिक मेची स्मशान घाटमा मलामी गएका सीताराम कामतीको मृत्यु भएपछि शव दाह स्थान र मलामी विश्राम गृहको आवश्यक्ता महसुस गरी ५ नं. वडाका वडाध्यक्ष बन्धु कार्कीको पहल र प्रयासमा आ.व.२०७७÷०७८ मा मलामी विश्राम घर निर्माणको लागि नगर सभाबाट बजेट बिनियोजन गरिएको थियो । २०७७ असोज ५…
झापा, १७ जेठ । सरकारले झापाका १५ वटा पालिकालाई बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका र दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ । दमक नगरपालिकालाई ९५ करोड ८९ लाख र मेची नगरपालिकालाई ९१ करोड ५५ लाख विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै ९५ करोड ८९ लाख र दोस्रोमा मेचीनगरलाई ९१ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । विर्तामोड नगरपालिका ८८ करोड ८३ लाख, शिवसताक्षी नगरपालिका ५५ करोड ८५ लाख, भद्रपुर नगरपालिका…
झापा, १७ जेठ । झापाको कनकाईमा मंगलबार मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ चुके कल्भटस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाह्रदर्शी–६ का ५४ वर्षीय रञ्जित तामाङले चलाएको मे ९ प ५७४४ नं. को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री भारत पोष्टाईट सुन्दरपुर कटन उदिका चपडाका ६५ वर्षीय दीपराज चरजलाई ठक्कर दिई घाइते बनाई उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो । मोटरसाइकल चालक तामाङ समेत टाउकोमा चोट लागि घाइते भएकाले प्रहरीको निगरानीमा निजको पत्नी लीलामाया तामाङलाई साथमा राखी उपचार भइरहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको…