झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर…

Read More

झापा, २५ बैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने…

Read More

झापा, २४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा डेढ वर्षीय बालकसहित आमा मृत फेला परेकी छन् । किसानपुरकी २३ वर्षीया बबिता साह झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनका १८ महिने छोरा आरभ साह पूजा कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा रहेका मृतक बबिताका श्रीमान आएर २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयबासीले बताएका छन् । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ ।

Read More

झापा, २४ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । ठक्कर दिने ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४…

Read More

झापा, २४ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो । अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ…

Read More

झापा, २४ बैशाख । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८०…

Read More

झापा, २४ बैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज भने घटेको छ। आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि मूल्य पनि घटेको छ । तर, अस्ट्रेलियन डलर र युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थिया। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । विगत…

Read More

झापा, २४ बैशाख । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन् । बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन् ।

Read More

झापा, २४ बैशाख । सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो । निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपालको दर्ता खारेज भएको छ । यस्तै स्वास्थ्य सेवाअन्तर्गतका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन…

Read More

धरान, २४ बैशाख । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पहिले सुनसान जङ्गल रहेको क्षेत्र श्रमदानमार्फत विकास भएपछि अहिले लोकप्रिय पर्यटन गन्तव्य बनेको हो। विशेषगरी पानीको फोहरा, फूलबारी, चौतारा र हरियालीले पर्यटकलाई लोभ्याइरहेका छन्। पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा, किरात संस्कृतिसँग सम्बन्धित संरचना, गोर्खा चौतारी, ज्येष्ठ नागरिक पार्क, चिल्ड्रेन पार्कलगायत दर्जनौँ आकर्षण थपिएका छन्। पार्क बनेपछि आसपासमा होटल–खाजा पसलको सङ्ख्या बढेको छ भने दैनिक सयौँदेखि हजारौँ पर्यटक आउने गरेका छन्। बिदामा पाँच हजारसम्म आगन्तुक भित्रिने गरेको पार्क संरक्षण समितिले जनाएको छ। हाल पार्कमा २५–२८ जनाले रोजगारी…

Read More