झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३० चैत । झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । फर्कियो जोवन भेट्रान्स क्लब भद्रपुर-४ र ३ को आयोजनामा वैशाख २ गतेदेखि ४ गतेसम्म प्रतियोगिता हुने भएको हो । भद्रपुर-३ र ४ स्थित आपगाछी मेची ग्राउन्डमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका आठवटा टिमको सहभागिता रहने आयोजक फर्कियो जोवन भेट्रान्स क्लबका अध्यक्ष विश्व थापाले जानकारी दिनुभयो । मेची खोलाको किनारमा रहेको आपगाछी मेची ग्राउन्डको प्रचार-प्रसार एवं सम्बर्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । नयाँ वर्ष-२०८३ को अवसरमा हुन लागेको प्रतियोगितामा सात वटा खेलहरू हुनेछन् । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने…

Read More

झापा, ३० चैत । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू-भागमा आंशिक बादल लागेको देखिन्छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबारको मौसम पूर्वानुमान हेर्दा देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू-भागका एक-दुई…

Read More

झापा, २९ चैत । सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रमका साथ ४५औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सुरुदेखि नै अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘रेडियो साथी’का विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डिलिराम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा विशेषताबारे सुमित्रा बास्तोलाले प्रकाश पार्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिबाट अभिभावकको प्रतिनिधित्व गर्दै काजी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न विधामा आफ्ना कला प्रस्तुत गरेका थिए । त्यसैगरी, शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई…

Read More

झापा, २९ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गर्नुभएको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट https://opmcm.gov.np/ मा हेर्न सकिनेछ । भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो…

Read More

झापा, २९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।   साँझ ४:३० बजे चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशा तर्फबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा प्र.१-०१-०१२ प ७६३५ नं.को मोटरसाइकल चालक इलाम नगरपालिका-६ का २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको हो । टाउको, खुट्टा र शरीररको बिभिन्न भागमा चोटलागी…

Read More

देवेन्द्र किशोर ढुंगाना कलम उठ्छ,जबअन्याय चिच्याउँछमसी बग्छ,जबरगत रोइरहेको हुन्छशब्दहरूबन्दूक होइनन् भन्दिन्छन् -उनीहरू,तर शब्दले नै त ढाल्छ किल्ला,शब्दले नै त तोड्छ जन्जीर—त्यसैले डराउँछन् सत्ताका सिंहासनहरूकलमको सानो नोकदेखिकम्पन हुन्छन । यो कलम कुनै कागजको खेल होइन,यो त भोकको बयान हो,यो त श्रमिकको पसिनाले लेखिएको इतिहास हो,यो त दलितको दबिएको स्वर होजसले कहिल्यै न्याय पाएन।यो त किसानको चिरिएको हात होजसलेअन्न फलायो, तर पेट भरिएन। क्रान्ति कुनै शब्द मात्र होइन,यो त हरेक दिनको संघर्ष हो,यो त अँध्यारो विरुद्धकोउज्यालो हो,यो त डर विरुद्धको साहस हो।जब अन्याय सामान्य बन्छ,त्यो बेला प्रतिरोध कर्तव्य बन्छ—त्यहीँ जन्मिन्छ क्रान्ति। हामीले देखेका छौंसत्ताका अग्ला दरबारहरू,जहाँ सत्यलाई थुनेर राखिन्छर झूटलाई राजमुकुट पहिराइन्छ।हामीले…

Read More

झापा, २९ चैत । तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् । मोरङको पथरीमा हिजो सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षत्रयमा एकराज तामाङ, रुपनारायण तामाङ गोले र महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ चयन भएका छन्। घेदुङको मुख्यसचिवको जिम्मेवारी फणीन्द्र तामाङले पाएका छन् । घेदुङ प्रदेश सदस्यमा हस्ताबहादुर तामाङ , खड्काकुमार तामाङ ,धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जान , जयबहादुर तामाङ र जितेन्द्र तामाङ छन् । घेदुङ संघीय अध्यक्ष मोहन गोले प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ वरिष्ठ…

Read More

झापा, २९ चैत । झापामा ९४ प्रतिशत भन्दा बढी क्षयरोगीको सफल उपचार भएको छ । जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ९४ दशमलव ३१ प्रतिशतको सफल उपचार भएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१÷८२ मा जम्मा एक हजार तीन सय २२ जना क्षयरोगका बिरामी फेला परेको बताउहुँदै उहाँले जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी कनकाईमा शतप्रतिशत उपचार सफल दर रहेको बताउनुभयो । त्यस्तै, दमक ९८ दशमलव ८१ प्रतिशत र बुद्धशान्ति गाउँपालिकामा ९७ दशमलव ८३ प्रतिशत उपचार सफल दर रहेको छ । जिल्लामा सबैभन्दा कम शिवसताक्षीमा ८२ दशमवल ५ प्रतिशत रहेको फोकल पर्सन दासले जानकारी…

Read More

राजेश ढुंगानासम्बन्धित सबैमा अनुरोध गर्दछु– मैले आजकै मितिबाट नेपाली कांग्रेस परित्याग गरेको छु । असन्तुष्ट भएर बसिरहनुभन्दा सन्तुष्ट भएर बाहिरै बस्नु उचित देखें । म आफ्नो पार्टीसँग २०५० सालदेखि (जब भ्रष्टाचार र अनियमितता शुरु भयो) नै असन्तुष्ट रहँदै आएको हुँ । जसको परिणाम यी ३२ वर्षका मेरा राजनीतिक लेखहरू साक्षी छन् । पार्टी र यसको नेतृत्व सुध्रने आशामा यो साढे तीन दशक मैले अनाहक गुमाएको छु । अब टुङ्गो भइसकेको छ– कम्तीमा पनि मेरो हिजोसम्मको यो पार्टी नसुध्रने अन्तिम हदमा पुगिसकेको छ । नेताहरू मात्र होइन, कार्यकर्ताहरू समेत नै पनि उन्मुक्त नहुने भ्रष्टीकरणको जालोमा फसिसकेका छन् । एउटा ऐतिहासिक पार्टीको…

Read More

झापा, २९ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार गत वैशाख…

Read More