
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ फागुन । झापामा एक जना एसपी थप गरिने भएको छ । सुरक्षा चुनौती भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले जनशक्ति थप गर्ने योजना अनुसार निर्वाचनमा समन्वयका लागि झापा र सर्लाहीमा एकएक जना एसपी थप गर्ने तयारी भएको हो । निर्वाचनअघि सुरक्षाको अवस्था बुझ्न प्रदेशमा खटिएका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदनमा झापा र सर्लाहीमा सुरक्षा चुनौति देखिएकाले एसपी थप गर्न लागिए हो । सरकारले सात वटै प्रदेशको सुरक्षा अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न सात जना एआईजीलाई फिल्डमा खटाएको थियो। उनीहरूले आफू खटिएको प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनावमा आउन सक्ने चुनौती र त्यसको समाधानका लागि गर्नु…
झापा, १२ फागुन । धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । थप १० जनाको सनाखत भएसँगै मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ । यी हुन् मृतकहरु
झापा, १२ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा…
सिन्धुली, ११ फागुन। सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन फुड कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरु ३८ वर्षीय नागरिक मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६…
झापा, ११ फागुन । झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका–१५ स्थित कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको चेकपोईन्ट टोलीले उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १ ०१–०१२ प ५९३३ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा–४ राते खालका २९ वर्षीय शिव दनवार र उक्त मोसामा पछाडि बस्ने सोही स्थानका २१ वर्षीय नितेश दनवारलाई शङ्का लागि चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा कालो प्लास्टिकमा पोका पारी मुखभित्र लुकाइछपाई ल्याएको अन्दाजी २ ग्राम ब्राउन सुगर फेला परेको थियो । सशस्त्रले उनीहरूलाई आवश्यक कारबाहीको लागि…
सिराहा, ११ फागुन । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् । उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
झापा, ११ फागुन । सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । सुनको आज तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँले बढेर ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ४ सय २५ रुपैयाँ रहेको थियो ।
नबराज छत्कुलीधादिङ, ११ फागुन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १९ पुगेको छ भने हालसम्म ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरूमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन् । मृत्यु हुनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्…
इलाम, ११ फागुन । मेचीराजमार्ग अन्तर्गत इलामको सुर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा सोमबार बिहान करिब ११:३५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने करिब ३१ वर्षीय तिङ्कु साहुले ब्रेक लगाउने क्रममा पछाडि सवार सोही स्थानका करिब ५० वर्षीय मनोज चौधरी अचानक मोटरसाइकलबाट लडेका थिए। त्यस क्रममा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउको किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरी टोली खटिएको छ।दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई उपचारका लागि…
झापा, ११ फागुन । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग आज मतदाताको प्रत्यक्ष संवाद कार्यक्रम बिर्तामोडमा आयोजना हुँदैछ । वीरता जेसीज, अर्जुनधारा जेसीज, बुधबारे जेसीज र सुरुङा जेसीजको संयुक्त आयोजनामा ‘मतदातासँग प्रत्यक्ष संवाद (ककस)’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल जेसीजको परिपत्रअनुसार तथा संवाद समूह झापाको सहजीकरणमा कार्यक्रम आज दिउँसो १ बजे बिर्तामोडस्थित अतिथि सदनमा हुनेछ । कार्यक्रममा झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले आफ्ना चुनावी योजना, नीति तथा प्रतिबद्धताबारे मतदातासमक्ष धारणा प्रस्तुत गर्नेछन् ।