
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विष्णु लामिछानेसिनेमा हलमा गएर मैले धेरै कमै मात्र फिल्म हेरेको छु । ट्रेलर हेरेर फिल्म हेरेको मेरो लागि नयाँ अनुभव नै हो, अधिकांश रुपमा मेरो रोजाई गुगल रेटिङकै आधारमा हुने गरेको छ । द केरेला स्टोरीको युट्युबमा आएको एउटा ट्रेलरले नै मलाई हलसम्म पुग्न ट्रीगर गर्यो । विष्णु लामिछाने फिल्ममा भारतको दक्षिणी राज्य केरेलामा ब्याप्त धर्मान्तरण र त्यसको सिकार बनेका युवतीलाई जिवन्त प्रस्तुत गरिएको छ । फिल्मको ट्रीजर आएपछि भारतमा जुन हिसाबले बिरोध भयो त्यो हिसाबले इस्लाम धर्म वा दर्शनलाई भने खासै नराम्रो प्रकाशमा चित्रण गरेको छैन । बरु मुस्लिम समुदाय भित्र रहेका बेथितिलाई दर्शकको मथिङ्गल घुम्ने गरी देखाईएको छ…
बुधबारे, ४ जेठ । सार्वजनिक खरिद ऐन अनुसार प्रत्येक सरकारी निकायले खरिद गरेका सामाग्रीको लगत राख्ने जिम्मेवारी स्टोर कर्मचारीलाई दिएको हुन्छ । नियमानुसार गाउँपालिका कर्मचारीले सामग्री आइसकेपछि भुक्तानी दिनुपूर्व सामग्री भए नभएको चेकजाँच गर्नुपर्ने हुन्छ । तर बुद्धशान्ति ६ र ७ लाई जोड्ने झोलुङ्गे पुलको सामग्री आइसकेपछि निर्माण उपभोक्ता समिति र प्राविधिक सहयोग गरिरहेको साहारा नेपालका कर्मचारीको रोहबरमा ४३ लाखको सामान झर्छ र उनीहरुले पेश गरेको कागजकै आधारमा गाउँपालिकाले भुक्तानी दिन्छ । कागजी दस्तावेजले स्पष्ट रूपमा सामग्री आएको देखिएपनि सोही समयमा वडाका वडाध्यक्ष र गाउँपालिकाका स्टोर कर्मचारी त्यहाँ नपुग्नुले शंका गर्न सक्ने स्पष्ट स्थान भने दिएको छ । गाउँपालिकाका स्टोर…
झापा, ४ जेठ । कर्मचारी वृत्तभित्रै विभिन्न स्वार्थ समूहको चलखेल हुँदा निजामती प्रशासन हाँक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा विधेयक अलपत्र अवस्थामा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकलाई परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको साढे दुई महिना बितिसक्दा समेत सो विधेयक त्यतै हराएको छ । अर्थ र कानुन मन्त्रालयले विधेयलाई त्यसै थन्काउँदा सो विधेयक अलपत्र परेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा पेस गर्ने तयारी गरिएको बताएको थियो । तर, मन्त्रालयको सो तयारी समेत अवरुद्ध बनेको छ ।…
झापा, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो। अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ। अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न। यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी ९किर्ते० कसुर जिल्ला सरकारी वकिल…
झापा, ४ जेठ । गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेर जरिवाना तिरेका उम्मेदवारले आफूले दाखिला गरेको राजस्व फिर्ता पाउनुपर्ने माग गरेका छन् । राजस्व दाखिला गरेका १३७ मध्ये १० जना उम्मेदवारले कानुनले समानताबीच असमान व्यवहार गर्न नहुने’ भन्दै आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “निर्णय अटेरी गर्नेको मिनाहा हुने र कानुनको पालना गर्नेलाई कारबाही सहनुपर्ने असमान व्यवहार हुन नहुने भन्दै राजस्व फिर्ताको मागसहित आयोगमा निवेदन परेको छ ।” तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा फागुन ५ गते स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम माफी–मिनाहा गरेकी थिइन्…
झापा, ४ जेठ । चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ। विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९२ अर्बको मात्र आएको छ। यसरी १० महिनामा कुल १ खर्व १ अर्व अर्थात् ३४।४७ प्रतिशतले लगानी प्रविवद्धतामा कमी आएको विभागको भनाइ छ। लगानी प्रतिबद्धता परिमाणमा ठूलो गिरावट आए पनि परियोजना संख्या भने गत वर्षकै हाराहारीमा देखिएको छ । गत आवको…
झापा, ३ जेठ । सरकार सुशासन कायम गराउनेतर्फ अग्रसर हुँदै गएको भन्दै झापामा ‘उज्यालो पदयात्रा’ सम्पन्न गरिएको छ । भ्रष्टाचारीलाई कारबाही गरी मुलुकलाई समृद्धि र सुशासनतर्फ अघि बढाएको भन्दै विभिन्न जनवर्गीय संगठनले सरकारको समर्थनमा आज झापाका विभिन्न स्थानमा उज्यालो पदयात्रा आयोजना गरेका हुन् । सरकारको प्रशंसासँगै खबरदारीका लागि कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए । उनका अनुसार सरकार समृद्धिको उज्यालो यात्रातर्फ अघि बढेकाले सम्मान र समर्थन स्वरुप उज्यालो पदयात्रा आयोजना गरिएको हो । झापाको धुलाबारी, भद्रपुर, शिवसताक्षी, दमकमा मोबाइल र टर्च लाइट बालेर सरकारको समर्थनमा विभिन्न नारा लगाइएको थियो । भ्रष्टाचारीलाई कारबाही…
पाँचथर, ३ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । मृत्यु हुनेमा स्थानीय कमल सुबेदीको छोरी १२ वर्षीया पुजना सुबेदी र १० वर्षीया गंगा सुबेदी रहेका छन । आज बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरीतर्फ जाँदै गरेको मे. १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर विद्यालयतर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किची उनिहरुको मृत्यु भएको हो । घाइते भएका स्थानीय विशाल बराइलीको ११ वर्षीया छोरी रेश्मा बराइली र गणेश अधिकारीको १० वर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । दुर्घटनामा…
भद्रपुर, ३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापामा रहेका वस्तुगत संघहरुले सम्मान गरेका छन् । वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् । नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल भेनियर उत्पादक संघ, नेपाल प्लाईउड उत्पादक केन्द्रीय संघ, पूर्वाञ्चल प्लाईउड संघलगायतले महासंघका वस्तुगत उपाध्यक्ष ढकाल, नवनिर्वाचित केन्द्रीय सदस्य दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ, वस्तुगततर्फकै केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ र भक्त हमाललाई संयुक्त रुपमा बधाइसहित सम्मान गरेका हुन् ।
झापा, ३ जेठ । झापा र मोरङको छुट्टा छुटै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कन्काई नगरपालिका–४ स्थितबाट सोही स्थानका ४२ वर्षीय प्रेम विश्वकर्मा र १७ वर्षीय सलिन आलमलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर बरामद भएपछि नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरीको टोलिले प्रदेश १–०२–०५० प ५४४४ र मे. ५ प ८८२४ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका ४ का ३१ वर्षीय अर्जुन श्रेष्ठको साथबाट २ ग्राम ४९० मिलिग्राम र सन्जय प्रधानको साथबाट…