झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लक्ष्मीपुर,२३ बैशाख । सुर्य पोलिक्लिनिकको आयोजना तथा काकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । आइतबार कन्काई नगरपालिका वडा नं. ८ स्थित हिमाली मा.वि. को प्राङगणमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।शिविरमा ३०० बढी स्थानीयले आँखाको चेक गराएका थिए भने ५५ जनाले आँखाको शल्यक्रिया गराएको पोलिक्लिनिकका प्रतिनिधि अनुप प्रसाईले जानकारी दिए ।

Read More

झापा, २३ बैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो । डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ । कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु…

Read More

भद्रपुर, २३ बैशाख । झापा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि बैशाख २८ गते निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार १८ पदका लागि २१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । संघको अध्यक्ष पदमा खडकबहादुर लिम्बू र प्रज्ज्वल राईले उम्मेदवारी दिएका छन् । लिम्बू संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने राई एशोसिएट्स÷वस्तुगत उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा राजकुमार राईको एकल उम्मेदवारी परेको छ । एशोसिएट्स÷वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुलीको पनि एकल उम्मेदवारी परेको छ । त्यस्तै वाणिज्य उपाध्यक्षमा सुरज साह कसेरा र सञ्जयकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा सीता ढकालको एकल उम्मेदवारी परेको छ भने महासचिवमा सुमन्त मैनाली…

Read More

झापा, २३ बैशाख । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।

Read More

झापा, २३ बैशाख । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्वा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे । स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पन्यो । उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो । ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ ।’ हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै…

Read More

झापा, २३ बैशाख । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ । तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए ।…

Read More

झापा, २३ बैशाख । मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ । मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशअनुसार मिटरब्याज कसुर ठहर भएमा कसुरदारलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवाना हुनेछ । अध्यादेशले मुलुकी अपराध संहिता, देवानी संहिता, देवानी कार्यविधि संहिता, फौजदारी कार्यविधि संहिताको संशोधन प्रस्ताव गरेको छ । अध्यादेशले मिटरब्याजलाई अनुचित लेनदेनको परिभाषामा राखेको छ । लेनदेन नभएको तथा नदिएको रकमको लिखत तयार पार्ने, वास्तविक रकमभन्दा बढीको लिखत तयार पार्ने, लेनदेनकै क्रममा ब्याज रकमसमेत साँवामा जोड्ने कार्यलाई अनुचित कारोबार मानेको छ । यस्तै ऋणीसँग साँवाभन्दा ब्याज बढी लिने, लिएको…

Read More

विर्तामोड ,२२ बैशाख। नेपाल विद्यार्थी संघ कन्काई आर्दश कलेज इकाई समिति विर्तामोडले बुद्ध जयन्तीको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।शुक्रबार विर्तामोडको मुक्ति चोकमा औपचारिक कार्यक्रमको आयोजना गर्दै विश्व शान्तिको कामना गर्दै २५६७ औ बुद्ध जयन्ती मनाएको हो । कन्काई कलेज विर्तामोडका स्ववियु सभापति किरण गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कन्काई कलेज विर्तामोडका निर्वतमान स्ववियु सभापति तथा स्ववियु जिल्ला उपा सभापति संजय राईको प्रमुख अथिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला उपसभापति योगेन थापा, जिल्ला सचिव ऐलेक्स मैनाली, सहसचिव मनिस दाहाल, सदस्य खुम खड्का, आइस्मा प्रसाई, अनुप प्रसाई, विपिन गिरी, प्रजल मैनाली, कोहेड कलेज इकाई समितिका नेविसंघ सभापति आर्दश झा, नेविसंघ विर्तामोड…

Read More

झापा, २२ बैशाख । भ्रष्टाचारको आरोपमा नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत दुर्गादास महर्जन निलम्बनमा परेका छन् । नापी कार्यालय चावहिल, काठमाडौँका प्रमुख नापी अधिकृत रहँदा महर्जनले भ्रष्टाचार गरेको बिशेष अदालतमा आरोपपत्र दायर भएपछि उनी बैशाख ८ गते निलम्बित भएका हुन् । चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, चावहिलकै तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्लेसमेत ८ जना उपर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं. १ ख, का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको…

Read More

बिर्तामोड, २२ बैशाख । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आईतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन् । युनियन झापाको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पूर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तिन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन् ।

Read More