
लक्ष्मीपुर,२३ बैशाख । सुर्य पोलिक्लिनिकको आयोजना तथा काकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ ।

आइतबार कन्काई नगरपालिका वडा नं. ८ स्थित हिमाली मा.वि. को प्राङगणमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा ३०० बढी स्थानीयले आँखाको चेक गराएका थिए भने ५५ जनाले आँखाको शल्यक्रिया गराएको पोलिक्लिनिकका प्रतिनिधि अनुप प्रसाईले जानकारी दिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



