
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २६ फागुन । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवद्र्धन अन्तरक्रिया गरिएको छ । आजदेखि भद्रपुर—पोखरा सिधा हवाइ उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रद्र्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने बताउँदै उहाँले तीन तहकै सरकारले समान महत्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उच्च योगदान गर्न सक्ने बताउनुभयो । विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्राकृतिक सुन्दरता,…
झापा, २६ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभुत विद्यालयमा दाताको सहयोगमा स्टेज निमार्ण गरिएको छ । झापाको गौरादह–५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बांस्कोटाले स्वर्गिय आफ्न्तको नाममा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।हाल अमेरिका स्थित सन फ्रांसिस्को, क्यालिफोनियामा बस्दै आएकी बांस्कोटाले आफ्नी स्वर्गिय माता इन्दिरा शर्मा भट्टराई, स्वर्गिय ससुरा दिननाथ बांस्कोटा तथा स्वर्गिय हजुर सासुआमा खिमादेवी बांस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् । दाता बांस्कोटाको स्व।आमा इन्दिरा शर्मा भट्टराई ताप्लेजुङ स्थित हाङ्देवा–५ कटहरे हाल फुङलिङ नगरपालिका–६ मा रहेको तमोरनदी आधारभुत विद्यालयकी शिक्षक रहेकी थिइन । उनको २०७४ सालमा मृत्यु भएको जनाइएको छ…
बिर्तामोड, २६ फागुन । झापाको बिर्तामोडमा सुजुकस्को दुई वटा नयाँ ब्राण्ड गाडी सार्वजनिक गरिएको छ । बिर्तामोडस्थित आरए टे«डर्स अटोले आज एक कार्यक्रमका बीच नेपालमै पहिलो पटक सुजुकीले ग्राण्ड भिटारा र ब्रेजा ब्राण्डका दुई वटा गाडी सार्वजनिक गरिएको हो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, आरए टे«डर्स अटोका अध्यक्ष राजेन्द्र थापा लगायतले गाडी सार्वजनिक गर्नु भएको हो । गाडी सार्वजनिक समारोहमा प्रमुख अतिथि अध्यक्ष शिवाकोटीले नेपालमा नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिनु सुखद् भएको बताउनुभयो । उहाँले सुजुकीको नयाँ मोडलले राम्रो बजार लिने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा व्याप्त आर्थिक संकटले व्यवसायीहरु मारमा परेको बताउँदै…
सन्तोष शर्माझापा, २६ फागुन । झापा कनकाई नगरपालिकाका दृष्टिविहीन तथा अपाङ्गता भएकाहरु यतिबेला तालीम लिन व्यस्त छन् । आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले कुचो बनाउने तालीम दिन थालेपछि उनीहरु यतिबेला तालीम लिन व्यस्त भएका हुन् । तालिमको संयोज झापा नेत्रहीन संघले गरेको छ भने आर्थिक सहयोग कनकाई नगरपालिकाले गरेको छ । नगरपालिकाले आर्थिक सहयोग गरेपछि तालीमको आयोजना गरिएको संघकी अध्यक्ष सिर्जना बरालले बताउनुभयो । “दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन तालीम अयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “तालीम र अवसर पाए उहाँहरु पनि आत्मनिर्भर बन्न सक्नुहुन्छ ।” तालीममा नगरभरिका १० जना सहभागी छन् । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले दृष्टिविहीन तथा अपाङ्गताहरुको…
बिर्तामोड, २६ फागुन । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित बिहीबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–२ का २० वर्षीय विश्वास संग्रौला, बिर्तामोड–४ का वर्षीय २० को अभिषेक शर्मा र बिर्तामोड–८ की २० वर्षीया अनिशा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । संग्रौलाको कोठामा उनीसहित शर्मा र मण्डल शंकाष्पद अवस्थामा बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्दा अनिशा मण्डलको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६००, मोबाइल २ थान, डिजिटल तराजु १ थान फेला परेको…
झापा, २६ फागुन । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत बिहीबार जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालनको जिम्मेवारी तोकिएकाले आजदेखि एकसाथ सो कार्यक्रम सुरु गरिएको हो । बिर्तामोड नगरपालिका–मा सहजकर्ताका रुपमा जिम्मेवारी तोकिएका जिल्ला कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्ले र जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ (२) का सहइन्चार्ज कृष्णप्रसाद पोखरेलले मिसन…
झापा, २६ फागुन । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। इन्जिनियर अभावले विकासका काम गर्न निकै कठिनाइ भएको सम्बन्धित कार्यालयका उच्च कर्मचारीहरू बताउँछन्। सहरी विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजनाका आयोजना प्रमुख एकराज अधिकारीले सहरी विकास मन्त्रालयसँग सम्बन्धित कार्यालय तथा योजनाहरूमा कम्तीमा एक तिहाइ इन्जिनियर (शाखा अधिकृतसरह) तथा सब इन्जिनियर अभाव रहेको बताउँछन्। यसैगरी सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले विभाग र मातहतका देशभरिका कार्यालयमा २३० जना सब इन्जिनियर तथा २५ जना इन्जिनियर अभाव भएको बताए। ‘विभागमातहतमा देशभरि इन्जिनियरहरूको कुल दरबन्दी ६७३ छ तर…
झापा, २६ फागुन । राष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आयोगले चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गराउनको लागि प्रक्रिया अघि बढाउने भएको छ । उपराष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनको प्रक्रियाअनुरूप हुने जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रक्रिया अघि बढाउन तयारी अवस्थामा रहेको जानकारी दिए । उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच र पाँचजना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लि। वा समुदायको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन…
झापा, २६ फागुन । पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ । कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला शुरू भएको रूस–युक्रेन तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्तालाई दोहोरो मार परेको थियो । यो क्रम अझै पनि निरन्तर बढिरहेको छ । आम उपभोक्ताको क्रयशक्ति घट्दा प्रत्यक्ष असर व्यवसायमा परेको…
शिवसताक्षी, २५ फागुन । शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको आज सफल परीक्षण गरिएको छ । शिवसताक्षी नगरपालकाको वडा नं. ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । नगरपालिकाले अत्याधुनिक किसिमको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि २०७८ चैत्र १८ गते शिलान्यास गरेको थियो । परीक्षण सफल भएसँगै केही दिनमा विधिवत उद्घाटन गर्ने शिवसताक्षी नगरपालिको तयारी रहेको छ । झापामै पहिलो पल्ट फोहोरको व्यवस्थापनका शिवसताक्षी नगरपालिकाले शुरु गरेको फोहोर प्रसोधन केन्द्रको मेसिनको सफल परिक्षण गरिएको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले जानकारी दिए । उनलेफोहोर प्रशोधन केन्द्रका लागि नगरपालिकाले २ विगाह १८ कठ्ठा जग्गा खरिद गरी घेराबाराको…