झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ बैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले राजधानीसँग भने ।…

Read More

झापा, २२ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उभौली पर्वको शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व रहेको बताउनुभएको छ । “किराँत समुदायको महान् चाड उभौली पर्वको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जसको अर्को नाम ‘साकेला…

Read More

झापा, २१ बैशाख । झापाको बिर्तामोडमा भोलि (शुक्रबार) एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन हुने भएको छ । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रको आयोजनामा हुने योग शिविरमा प्रवचन दिन डा.विकासानन्द झापा आउनु भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकासानन्द फाउण्डेशन विश्व परिवार झापाले भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । साहारा नेपाल सकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा डा.विकासानन्दले योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान सम्बन्धि शिविरमा प्रवचन तथा प्रयोग हुने बताउनुभयो । डोमालाल राजवंशी रंगशालामा आयोजना हुने शिविरमा १० हजार बढीले सहभागीता जनाउने विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र…

Read More

मेचीनगर, २१ बैशाख । झापा मेचीगनरस्थित बाहुनडाँगीबाट आज एउटा छावाको उद्धार गरिएको छ । बुधबार राति आएको हात्तीको हुलबाट छुटेको करिब १९ दिनको छावाको उद्धार गरिएको हो । हुलबाट छुटेर बाहुनडाँगीको मिलनचोकमा अलपत्र परेको छावालाई स्थानीयले भेटेर उद्धार गरी समूहमै पठाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो ।

Read More

झापा, २१ बैशाख । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामानसहित ट्रक निन्यन्त्रणमा लिएको छ । सँगै एक जनालाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित काली खोला छेउमा आज ट्रक नियन्त्रणमा लिएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ध्द्यठघब् द्धद्दटट नं. को भारतीय ट्रक भन्सार कार्यालयभित्र प्रवेश गरी एक दिनको भन्सार काटी निस्किएकोमा शंका लागेर चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलेर ल्याइएको सामान बरामद भएको थियो । ट्रकको क्याबिन, छत र अन्य विभिन्न ठाउँमा समेत लुकाई नेपालतर्फ ल्याउँदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको…

Read More

झापा, २१ बैशाख । नेपाली सेनाले काठमाडौंलाई तराई-मधेससँग जोड्ने काठमाडौं तराई र मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्व रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो । सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ पुयाइएको थियो । अहिले फेरि २१५ अर्बबाट बढाएर २६० अर्ब रूपैयाँ पुयाउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए । सेनाले रक्षा मन्त्रालयसँगको छलफलमा लागत बढेर २६० अर्ब रूपैयाँ पुग्ने ब्रिफिङ गरेको थियो । ‘समयमा काम नगर्दा लागत बढ्दै गएको छ’, रक्षाका ती अधिकारीले…

Read More

झापा, २१ बैशाख । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्न आफूलाई अफर आएकोे दाबी गरेका छन् । नयाँ सरकार गठनको कसरत चलिरहँदा उनले केन्द्रको सत्ता गठबन्धन दल –कांग्रेस, माओवादी, नेकपा एस र जसपाकै कतिपय नेताले आफूलाई त्यस्तो अफर गरेको दाबी गरेका हुन् । सिटौलाले भने, ‘नयाँ सरकार बनाउन चाहने पार्टीका मानिसहरुले मलाई मुख्यमन्त्रीको अफर गरिरहेकै छन् ९हाँस्दै० । तर, भरपर्दो सरकार बन्ने आधार नभइकन मुख्यमन्त्री बन्न कुद्ने कुरा हुँदैन ।’ उनले नयाँ सरकार बनाउने दलहरुले राम्ररी खुट्टा टेक्न नसकेको पनि बताए । ‘उनीहरुको खुट्टा मज्जाले तंग्रिएको देखिँदैन । त्यसैले उनीहरुलाई समर्थन गर्दा पनि सरकार स्थिर…

Read More

झापा, २१ बैशाख । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६०औं प्रतिवेदनले औंल्याएअनुसार स्थानीय तहमा भएको बेथितिबारे कारणसहित प्रतिवेदन मन्त्रालयमा पठाउन देशभरका स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयले बेरुजुको कारणसहित प्रतिवेदन पठाउन पत्राचार गरेको जानकारी दिँदै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले भने, ‘पत्राचारको क्रममा असुलउपर गर्नुपर्ने बेरुजु असुल गर्न पनि कडाइका साथ भनेका छौं ।’ मन्त्रालयले आगामी जेठ १५ गतेभित्र बेरुजुको कारणसहित स्थानीय तहको बेरुजु टिप्पणी फाइल मन्त्रालयमा पठाउन आवश्यक सहजीकरण र समन्वयको जिम्मेवारी जिल्ला समन्वय अधिकारी र जिल्ला समन्वय अधिकारीलाई…

Read More

झापा, २१ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ । पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको पनि होइन । पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी उच्च स्रोतको दाबी छ । अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश…

Read More

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले फुलहाममाथि रोमाञ्चक जित हासिल गरेको छ । लिभरपुलले बुधबार राति भएको खेलमा १–० गोलको अन्तरले जित निकालेको हो । घरेलु मैदानमा लिभरपुलको जितमा मोहमद सलाह निर्णायक गोलकर्ता बने । इजिप्टका ३० वर्षीय स्ट्राइकर सलाहले निर्धारित समयको ३९औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । उक्त जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । हालसम्म ३४ खेल खेलेको लिभरपुलले ५९ अंक जोडेको छ । फुलहाम भने समान खेलबाट ४५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ ।

Read More