
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ जेठ । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित हुनुभएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य हुनुहुन्थ्यो । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिसक्नुभएको छ । गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नुभएको थियो ।
मेचीनगर, ३ जेठ । झापाको बुद्धशान्ति–४ का ३२ वर्षीय पूर्ण सुहाङ तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । भ्रष्टचारविरुद्धको प्रदर्शनपछि फेसबुकमा स्टाटस लेखेकै कारण सुहाङलाई बेपत्ता पारिएको परिवार एवम् स्थानीयबासीको दाबी छ । फेसबुकमा स्टाटस लेखेको बिषयमा नेविसंघका कार्यकर्तासँग विवाद भएयता सुहाङ बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीले घटनाको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइसकेको छ । दिउँसो नेविसंघले आइतबारे बजारमा भएको भ्रष्टचार बिरुद्धको प्रदर्शन गरेको थिए । प्रदर्शनपछि सुहाङले आफ्नो फेसबुकवालमा जिज्ञासासहितको स्टाट्स राखेका थिए । स्टाट्सप्रति प्रदर्शनमा सहभागी नेबिसंघका कार्यकर्ताले आपत्ति जनाउँदै सुहाङको घरमै पुगेर ज्यान मार्ने धम्की दिएको स्थानीयको भनाइ छ । नेविसंघका कार्यकर्ताले धम्क्याउँदै आपत्ति गरेपछि…
झापा, ३ जेठ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललितपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड वितरण गरेको पाइएको हो । सिमकार्ड वितरण निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । उनले अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी,…
झापा, ३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ। उनले ललितपुरको एउटा घरमा कार्यालय नै खोलेर अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको फाराम भराएको भिडियो नै यतिबेला सार्वजनिक भएको हो। सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु गरेको छ। ‘शेर्पाले एक वर्षअघि आफूनजिक रहेका र केही व्यक्तिलाई कार्यालय नै खोलेर…
झापा, ३ जेठ । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गरे। “निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई डर लाग्न थालेको छ,”…
झापा, ३ जेठ । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उनलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्। अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गरेका छन् । तीन महिनायता अन्सारीको बसमा चढेर थुप्रै मलामी घाटसम्म पुगिसकेका छन्। “दुई वटा बस धरान–विराटनगर रुटमा चलिरहेका छन्,” अन्सारीले भने, “एउटा बसलाई मलामी लैजान निःशुल्क उपलब्ध गराउँदै आएको छु।” तीन…
झापा, ३ जेठ । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् । उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा…
झापा, ३ जेठ । मजदुरी गरेर जीविकोपार्जन । आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ। त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पुर्याइदिने वचन। वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै पत्यारलाग्दो सपना। जसकारण मोरङको पथरी शनिश्चरेका रमेश राई ९नाम परिवर्तन० नक्कली भुटानी शरणार्थी बन्न तयार भए। उनलाई आश्वासन दिने पथरी शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई चिनजानकै साथी थिए। उनले अमेरिका उड्न रमेशसँग १० लाख रुपैयाँ मागे। रमेशले केही रकम साथीभाइसँग ऋण मागे। केही ससुरालीको जग्गा धितो राखेर ऋणपान गरे। ‘तीन महिनामा अमेरिका पठाउने भनेर पैसा मागे। २ लाख साथीभाइसँग ऋण खोजेर दिएँ,’ रमेश…
झापा, २ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको बैठकले एक लिटरमै १० रुपैयाँले घटाएको हो । यससँगै डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
झापा, २ जेठ । बलिउड बक्स अफिसमा एक हप्तामा कुन चलचित्रले कति कमाई गर्यो भनेर सबैको नजर परिरहेको हुन्छ । यो साता अपत्यारिलो रूपमा एउटा मलायम फिल्मले बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ । एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलायम चलचित्रले अकल्पनीय रूपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन् । सो फिल्म हेरेपछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । ‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मच्चाउन सफल भएको हो । प्रदर्शनमा आएको ९ दिनमा नै मलायम भाषीहरुबाट लगभग…