झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१७ बाट साँढे तीन लाखभन्दा बढीको अबैध सामानसहित ओसार–पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आइआरटी समूहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो को १ च ६३२८ नम्बरको मारुती भ्यानमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो । सामान बरामदसँगै चालक बिराटनगर–१७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

Read More

झापा, २ जेठ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो । लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय किसानले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताए । फेला परेका धानका जातलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र किसानलाई यी धानको खेतीमा प्रोत्साहित गरिएको…

Read More

भद्रपुर, २ जेठ । भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गरेको जग्गाको मुआब्जाका लागि सरकारले पहिलो चरणमा १० करोड रकम निकासा गरेको छ । मेची पुल निर्माण भएसँगै भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गरेको घरजग्गाको मुआब्जा दिन सरकारले आंशिक रकम निकासा गरेको हो । भद्रपुर नगरपालिकाको नेतृत्वमा गएको टोलीले मुआब्जाका लागि एक महिना अघि अर्थ मन्त्रालयमा ध्यानाकर्षण गराएको थियो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दुई किस्तामा भए पनि मुआब्जाको रकम अबिलम्ब प्रदान गर्न अर्थमन्त्रीलाई आग्रह गरेपछि साना घर जग्गावाला व्यक्तिको मुआब्जा रकम पहिलो किस्तामा भुक्तानी गर्दै बाँकी रहेका जग्गावालाको दोस्रो किस्तामा रकम दिनेगरी अर्थ मन्त्रालयले रकम निकासा गरेको जानकारी दिए । भन्सार…

Read More

बिर्तामोड, २ जेठ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको वुट्टावारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । वुट्टावारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्वाई रहेको सडकको शिलान्यास भएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले सडक शिल्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताउनुभयो । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौंता भएको छ । १२ मिटर चौडाई रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डेन निर्माण…

Read More

सन्तोष शर्माबनियानी, २ जेठ । झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दंग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम पाएपछि दंग भएका हुन् । कनकाई–८ का प्रेम कार्कीले रू १२ हजारको बाख्राको बीमा गरेकोमा रू १० हजार आठ सय पाएको बताउनुभयो । “पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकोमा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “मैले सबै गाईवस्तुको बीमा गराएको छु ।” त्यस्तै, अर्का कृषक दिपककुमार पाण्डेले पाठाको रू १३ हजारको बिमा गराउनुभएकोमा बीमा वापतको रकम पाउनुभएको छ । उहाँले अन्य कृषकले पनि सरकारले ल्याएको पशु…

Read More

झापा, २ जेठ । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह उठेको बताइन्छ । अहिलेको आर्थिक मन्दीमा सहकारी तथा वित्तीय संस्थामा उत्पन्न हुने सानो समस्यालाई पनि ‘तिलको पहाड’ बनाएर मजा लिने तत्वहरुबाट जोगिन र अभियानलाई जोगाउन झापामा सहकारीहरुमा ध्रुविकरण सुरु भएको पाइएको हो । ‘कोअपरेटिभ एलाइन्स अफ झापा’ नामक एउटा लुज फोरम गठन गरी सहकारी ऐन,…

Read More

भद्रपुर, २ जेठ । जनताप्रति उत्तरदायी बन्न माग गर्दै झापाको भद्रपुर नगरपालिकामा स्थानीयबासीले ध्यानाकर्षण पत्र बुझाएका छन् । जनताको सेवा, सुविधा र विकास निर्माणको काममा जनताप्रति उत्तरदायी बन्न नसकेको जनगुनासो बढेको अवगत गराउँदै उनीहरुले १३ बुँदे ध्यानाकर्षक पत्र बुझाएका हुन् । स्थानीय समस्या र जनताको गुनासालाई सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण बुझाएको स्थानीयबासी दिपक तिम्सिनाले बताउनुभयो । ध्यनाकर्षण पत्रमा जग्गाको वर्गीकरण प्रक्रिया तुरुन्तै सकी जग्गाको कित्ताकाट खुलाइयोस्, भद्रपुरको कोल्ड स्टोरेजलाई तुरुन्तै सञ्चालनमा ल्याइयोस्, सम्पन्न भएका योजनाहरुको भुक्तानी तुरुन्तै दिने व्यवस्था गरियोस्, बर्सातको समय नजिक आइसकेकाले पानी निकास तथा ढुवानको समस्याका लागि नाला सफाई र आवश्यक्ता अनुसारको नाला बनाउन तुरुन्तै सुरु…

Read More

झापा, १ जेठ । भद्रपुर–बिर्तामोड सडकखण्डसँग जोडिएको करोडौँ मूल्य बराबरको जग्गा केही व्यक्तिहरूले चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेको घटनाले एउटा परिवारमा बज्रपात परेको छ । सोही घटनाका कारण डिप्रेसनमा गएका जग्गाधनी साबिक गरामनी गाविस–३ हाल बिर्तामोड नगरपालिका–८ बस्ने ६३ वर्षीय हरि मैनालीको शनिवार बेलुका साढे ७ बजे उपचारको क्रममा निधन भएको छ । जग्गाधनी मैनालीको निधनसँगै उनकी श्रीमती राधा पाण्डे र दुई छोरीहरू लक्ष्मी र यमुना बिचल्लीमा परेका छन् । विभिन्न प्रलोभन देखाएर भएभरको सबै जग्गा भूमाफियाहरुले आफ्नो कब्जामा लिएको कारण अहिले मैनाली परिवार घरबारविहीन बनेको स्थानीयले बताएका छन् । करोडौँ मूल्य पर्ने जग्गा अरूले जालझेल गरी हडपेको चिन्ताका…

Read More

फुङलिङ, १ जेठ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट रु ५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको रु ४० लाख गरी रु ९० लाख खर्च हुने भएको उनको भनाइ छ । पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा…

Read More