
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ बैशाख । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ। यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो। उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ। दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो। तर, हाल पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने…
झापा, १९ बैशाख । विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ । शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एन्ड पेस्ट’जस्तो छ । त्यसरी संशोधन दर्ता गर्ने सांसदहरू पनि फरक फरक दलका छन् । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयकको दफा २ मा विवाद छ…
झापा, १९ बैशाख । नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ। सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन। गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि सरकारले आयातभन्दा पनि नेपालमा नै गाडी उत्पादन गर्ने निर्णय गरेको हो। लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ। बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो। २०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो।…
झापा, १९ बैशाख । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भू(भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।
झापा, १८ बैशाख । यसवर्ष १५औं महानन्द पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेल रसुन्दर कुरुपलाई दिइने भएको छ । नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कृत प्रतिभाहरुको नाम सार्वजनिक गरेको हो । पोखरेल कनकाईको सुरुंगा र कुरुप इलामको चुलाचुली निवासी हुनुहुन्छ । त्यस्तै, यसवर्षदेखि वितरण हुने भवानी घिमिरे रंगपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल बैद्यलाई दिइने भएको छ । यो पुरस्कार साहित्कार एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले स्थापना गर्नु भएको हो । साहित्यकार एवम् राजनीतिज्ञ गोपालकुमार बस्नेतले स्थापना गर्नु भएको हिरा आकाश पूर्णटुंग स्मृति साहित्य सेवा…
भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ८ ले उचालेको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा आज भएको फाइनल खेलमा अंकित सुवेदी उत्कृष्ट प्रदर्शनले वडा नं. ५ लाई सहजै हराउँदै वडा नं. ८ ले उपाधि हात पारेको हो । पहिला ब्याटिङ रोज्दै वडा नं. ८ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रनको विशाल योगफल खडा गरेको थियो । भद्रपुर–८ का लागि अंकित सुवेदीले १४३ रन र शिबु बुढाथोकीले ३८ रन बनाएका थिए । आजको खेलको म्यान अफ द म्याच सुवेदी घोषित भएका छन् । जीतका लागि २०४ लक्ष्य…
शनिश्चरे, १८ वैशाख । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाली कांग्रेस झापा अर्जुनधारा नगरपालिका वडा नं–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सचिव एवं प्रमुख अतिथि कृष्ण हुमागाईंको प्रमुख आतिथ्य र वडा अध्यक्ष खेम काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अर्जुनधाराका सभापति कृष्णप्रसाद भट्टराई, नेपाल प्रेस युनियन झापाका सदस्य रणदेव हजाम, नेपाल महिला संघ वडा सभापति रेनुका बुढाथोकी, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि मदन थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । वेदप्रसाद घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन लक्ष्मी भट्टराइले गर्नुभएको थियो । कार्यक्रममा ३० बढीले रक्तदान गरेको जनाइएको छ ।
भद्रपुर, १८ बैशाख । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले गत शैक्षिक वर्षको समग्र समीक्षा गर्दै प्याब्सन एन प्याब्सनले संस्थागत निर्णय पालना गराउन नसकेकोमा ध्यानाकर्ष गर्दै विधि र नियममा विद्यालय सञ्चालनका लागि अग्रह गर्ने निर्णय गरेको छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकाम्स विद्यालयहरूले प्याब्सन एनप्याब्सनको निर्णय समेत पालना नगर्दा सार्वजनिक विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण गर्दै यस शैक्षिक वर्षमा विगतका गल्ति सच्याएर संस्थागत विद्यालयलाई संस्थागत बनाउन प्याब्सन एन प्याब्सनसित आग्रह गर्ने निर्णय गरेको हो । भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालयले श्रम ऐन अनुसार शिक्षक कर्मचारीलाई न्युनतम पारिश्रमिक…
झापा, १८ बैशाख । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।
झापा, १८ बैशाख । केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। यसले सामुदायिक विद्यालयप्रतिको छवि सुध्रिँदै गएको सङ्केत गरेको छ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रदेश मन्त्रालयका सचिवदेखि सङ्घीयमन्त्रीका स्वकीय सचिवसम्मले विद्यार्थी भर्नाका लागि चर्को दबाब दिएको बताउँदै भने, “भर्ना नगरिदिएको भन्दै धेरै जना रिसाए। अहिले पनि दबाब खेपिरहेका छौँ। दैनिक थुप्रै फोन आइरहेकै छन्। भर्नासम्बन्धी सानो काम गरिदिएनन् भन्ने आरोप जनप्रतिनिधिले पनि लगाइरहेका छन् तर…