
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ३० चैत । झापाको कनकाई नगरपालिकास्थित ह्याप्पी ल्याण्ड फन पार्कले नयाँ वर्षमा विशेष अफर ल्याएको छ । पार्कले नयाँ वर्षको अवसरमा प्रवेश शुल्कमै दर्जन भन्दा बढी खेल तसामा खेल्न सकिने गरी अफर ल्याएको सञ्चालक मनोज शिवाकोटीले जानकारी दिनुभयो । उहाँले नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर विशेष योजना ल्याएको बताउनुभयो । सञ्चालक मनोज शिवाकोटी “एउटै टिकटमा भरपूर मनोरञ्जन लिन सकिनेछ”, उहाँले भन्नुभयो, “नयाँ वर्षलाई विशेष बनाउने योजनाका साथ हामीले अफर ल्याएका हौं ।” पार्कमा प्रवेश गर्न २०० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । टिकट काटेपछि साइक्लिङ स्वीमिङ बाहेक सबै खेल हेर्न र खेल्न पाइने…
बिर्तामोड, ३० चैत । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय दिने निर्णय गरेको जनाइएको छ। झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन पानी सिरुवा, दोश्रो दिन कादो सिरुवा र तेश्रो दिन रंग सिरुवा मनाउने गर्दछन् । यस्तै कार्यपालिकाको बैठकले प्रदेश समपुरक…
भद्रपुर, ३० चैत । विपि प्रतिष्ठान झापाले नयाँ वर्ष २०८० तथा सिरूवा पर्वको अवसर पारेर चन्द्रगढीमा शुभकामना आदान प्रदान गर्दै विपिको व्यक्तित्वमाथि चर्चा परिचर्चा समेत गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा नेपाली काँग्रेसका अग्रज नेता डिल्ली सिटौलाको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विपिको बहुमुखी व्यक्तित्व एक छिनमा पहिचान नहुने भन्दै विपिको आदर्श राजनीतिक संस्कार काँग्रेसले छोड्दै जाँदा देश समेत संकटको भुमरीमा फस्न लागेकोमा चिन्ता वयक्त गरेका थिए ।यस्तै काँग्रेस झापाका पूर्व सभापति तथा संविधान सभा सदस्य सुधिरकुमार सिवाकोटीले आजको राजनीतिक विचलन रोक्न विपिको समाजवाद अपरिहार्य रहेको तर्क राखेका छन्…
भद्रपुर, ३० चैत । छ वर्षयता निर्माण कार्य रोकिएर अलपत्र बनेको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण रोकिएकै कारण निर्माण सम्पन्न गर्ने मिति समेत गुज्रिएर अलपत्र परेपछि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको सहकार्यमा संघीय मामिला मन्त्रालय मार्फत भवन निर्माण अवधि थप गराउँदै निर्माण कार्य अगाडि बढाएका हुन् । सरकारकै बेवास्ताका कारण निर्माण कम्पनीले अलपत्र छाडेको भद्रपुर ८ स्थित मेची रंगशाला पश्चिमपट्टि अलपत्र रहेको भवन निर्माणमा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले चासो राखेपछि संघीय मामिला तथा…
भद्रपुर, ३० चैत । सिरूवा पर्वको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्रालय निर्माण थालनी गरिने भएको छ । भद्रपुर–६ मा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झलकने गरी संग्रालय निर्माण गरिने भएको हो । भद्रपुर नगरपालिका भित्र कृयाशील आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठान, राजवंशी समाज विकास समिति, राजवंशी समाज कल्याण समिति र कोचिला एकता जागरण समितिले सम्युक्त पत्रकार सम्मेलन गर्दै संग्रालयका लागि भद्रपुर नगर पालिकाले यस वर्ष २० लाख रकम विनियोजन गरिदिएकाले पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको छ । सवै संस्थाको साझा नेतृत्व गरिरहेका आदिवासी राजवंशी साँस्कृतिक…
बिर्तामोड, ३० चैत । नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन नेपाल दलित मुक्ति संगठनको झापा जिल्ला अधिबेशनले उदय बराइलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । बिहीबार बिर्तामोडमा सम्पन्न भएको नवौं जिल्ला अधिबेशनले मेचीनगरका बराइलीको जिल्ला अध्यक्ष रहेको जिल्ला कमिटी गठन गरेको हो । संगठनका अध्यक्ष जंघ रसाइलीको अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता संगठनका प्रदेश इन्चार्ज श्याम ल्वागुनको रहेको थियो । उदय बराइली बराइलीको नेतृत्वमा गठित जिल्ला कमिटीको उपाध्यक्षमा गनबहादुर लामगादे, सचिबमा बिनोद गदाइली, सह सचिबमा शंकर परियार, कोषाध्यक्ष राधिका लोहार र सदस्यहरुमा एखबहादुर बिक, दिनेशकुमार बिश्वकर्मा, भीम बराइली, मीना सार्की, धनकुमारी बिश्वकर्मा, डम्बर बिश्वकर्मा, कृष्ण लोहार,…
भद्रपुर, ३० चैत । मदिरासेवन गरी मेची भन्सारको बन्द गेटलाई ठक्कर दिएर फरार भएका एक भारतीय युवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत नयाँ टोल साबनिमा पटनाका २७ वर्षीय जयशंकर कुमार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत चैत २८ गते उनले मदिरा सेवन गरेर चलाएको द्यच् द्दट न्ब् ढछघठ नम्बरको भारतीय बोलेरो गाडीले मेचीनगर नगरपालिका–६ स्थितमा भन्सार गेटलाई ठक्कर दिएर पश्चिमतर्फ भागेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । शंकर कुमारलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ३० चैत । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड विजयी भएको छ । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीलाई २–० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए । यो जीतसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई सेमिफाइनलको यात्र तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।
झापा, ३० चैत । चालू आर्थिक वर्ष (आव) २०७९–८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यासको खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८–७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो । यो तथ्यांकले आव २०७८–७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन्…
झापा, ३० चैत । तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ बढेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले त स्थानीय तहमा दक्ष जनशक्ति नभएकाले वित्तीय कारोबार गर्ने सहकारीको नियमन तथा अनुगमन संघीय वा प्रदेश सरकारले गर्नुपर्ने प्रस्ताव नै गरेका छन् । उनले यसअघि पनि नेपाल राष्ट्र बैंकका गर्भनरसँग नै सहकारीको नियमनका लागि सहयोग गर्न माग गरेका थिए । नियामक निकायको कमजोर उपस्थितिका कारण सहकारीको समस्या जटिल बन्दै गएको सहकारीकर्मीहरूको समेत बुझाइ छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी…