झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ बैशाख । बिद्युत् सर्ट भएर आगलागी हुँदा बिर्तामोडका दुई वटा पसलमा क्षति भएको छ । बिर्तामोड–४स्थित भद्रपुर बस स्टेण्ड नजिकै रहेका चिमरिया किराना पसल र नवर्दा देवी हेल्मेट एण्ड पाट्र्समा आगलागी हुँदा झण्डै तीस लाख रुपैयाँ वरावरको क्षति भएको हो । आगलागीका कारण गोपाल चिमरियाले सञ्चालन गरेको चिमरिया किराना पसलमा १५ लाख रुपैयाँ बरावरको क्षति भएको र मीरा उप्रेती भट्टराईले सञ्चालन गरेको नर्वदादेवी हेल्मेट एण्ड पाट्र्समा १४ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । आगलागीका कारण दुवै पसलमा भएका सामग्री जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागी स्थानीयबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको…

Read More

झापा, २९ बैशाख । अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले बिहीबार छापा मारेको छ । साउदी कामदार पठाउने भन्दै अन्तरवार्ता लिइरहेको सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो । अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा पछाडि अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ । विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यही क्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो ।…

Read More

झापा, २९ बैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा राजस्थान रोयल्सले सहज रुपमा परिणाम आफ्नो पक्षमा पारेको छ । राजस्थानले कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकालेको हो । जारी सिजनको आईपीएलमा राजस्थानको यो छैटौं जित हो भने कोलकाताको सातौं हार । घरेलु मैदानमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा राजस्थानले भने १३.१ ओभरमै केवल १ विकेट गुमाएर १ सय ५१ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।

Read More

झापा, २९ बैशाख । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रव्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या छ । अदालतले सभामा प्रस्ताव पेस भई छानबिन समितिमा पठाएपछि मात्र प्रस्तावको प्रव्रिmया सुरु हुने व्याख्या गरेको छ । २०७४ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावउपर अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको रिटको अन्तिम फैसला सार्वजनिक गर्दै अदालतले प्रस्तावकै भरमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुनसक्ने समेत फैसलामा उल्लेख गरेको छ । कायममुकायमा प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद…

Read More

झापा, २९ बैशाख । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण गराउने भएको छ । राजनीतिक दलले संस्थागत स्रेस्तामा एक प्रकारको र आयोगमा बुझाएको प्रतिवेदनमा अर्को खालको विवरण हुनसक्ने आशङ्का भएपछि निर्वाचन आयोगले यस प्रकारको निर्णय गरेको हो । त्यसका लागि आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी परिचालन गरिदिन अनुरोधका साथै विशेषज्ञ कर्मचारीको कार्यादेशसमेत तय गरेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए । आयोगमा ८२ राजनीतिक दलले समयमै लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।…

Read More

झापा, २९ बैशाख । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेका बेला मन्दी उन्मुख अर्थतन्त्रलाई सपार्न अर्थमन्त्री डा प्रकाशशरण महतले वित्त नीतिभन्दा मौद्रिक नीतिलाई सुधार्नुपर्नेमा जोड दिएका छन् । निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक भएको बताएका छन् । नेपाल राष्ट्र बैकको कसिलो मौद्रिक नीति र सरकारले पूँजीगत खर्च कम हुँदा अर्थतन्त्र सुस्ताएको महतको बुझाइ छ । ‘मौद्रिक नीतिलाई खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ, सस्तो ब्याजदरले व्यावसायिक लागत कम हुन्छ । उत्पादन सस्तो हुन्छ। अर्थतन्त्र धरासाही भएको होइन’, अर्थमन्त्री महतले भने । आजको…

Read More

इलाम, २८ बैशाख । इलामको माइ नगरपालिका–२ जरायोटार स्थित पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घरमा आज दिउँसो आगलागी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको छ । लिम्बूको दुई तले ६ कोठाको काठले बनेको घर के कारणले आगोलागी भएको थाहा हुन सकेको छैन । चार जनाको परिवार बस्दै आएका लिम्बूका परिवारमा कोही नभएको समयमा आगलागी भएको थियो । विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने स्थानीय समाजसेवी बुद्धराज लिम्बूले जानकारी दिनुभयो। आगलागीबाट मानवीय क्षति केही नभए पनि माबोहाङ्ग घरमा रहेको ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन सहित १० लाख बढीको क्षति भएको बताइएको छ । आगलागीको वडा अध्यक्ष उर्दबाहादुर राई, सचिव विष्णु…

Read More

झापा, २८ बैशाख । सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । बिहीबार गभर्नर महाप्रसाद अधिकारीले वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०सँग छलफलमा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् । पछिल्लो समय वाणिज्य बैंकहरुले सेवाग्राही समस्या सम्बोधन नभएको भन्दै उजुरी आउन थालेको थिए । गुनासो बढ्दै जादा राष्ट्र बैंकले बैंकहरुका सीईओलाई बोलाएर समस्या सम्बोधन गर्न भनेको छन् । सबै वाणिज्य बैंकका सीईओसहितको छलफलमा राष्ट्र बैंकमा परेका गुनासाका विषयमा कुराकानी भएको एक वाणिज्य बैंकका सीईओले बताए । उनका अनुसार हालै नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कूलरको बारेमा समेत छलफल भएको थियो ।

Read More

विराटनगर, २८ बैशाख । कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौंदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा फिल्डमा ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएका विषय प्रदेशमा बन्ने नियमावलीमा स्पष्ट पारेर नियमावली जारी हुने मन्त्री जीवन आचार्यले बताए । जिल्ला स्तरमा ऐन कार्यान्वयनमा भएका विविध समस्याका सन्दर्भमा उपभोक्ता समूह तथा मातहतका कार्यालयबाट सुझाव आएकाले नियमावली निर्माणमा ढिलाई गर्न नहुने उनले बताए । आचार्यले सुझाव तथा समस्या समाधानका लागि मन्त्रालयले सदैव तत्पर रहेको र आफ्नो कार्यकालमा ऐन, नियमावली,…

Read More

मेचीनगर, २८ बैशाख । मेचीनगरका सामाजिक तथा राजनीतिक अभियन्ता राजन चिमरियाले आफ्नो वैवाहिक वर्षगाँठलाई सामाजिक क्षेत्रमा सहयोग गरेर मनाएका छन् । आफ्नो १९ औँ विवाह उत्सव (बैशाख २७ गते) को अवसरमा रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले एक शहिद परिवारलाई बाछीसहितको गाईदान गर्ने घोषणा गरेका छन् । मेचीनगर–१३ निवासी शहिद प्रेम उप्रेतीका बुवाआमा गंगा र लछिमादेवी उप्रेतीको निवासमा पुगेर चिमरियाले केही दिनमै बाछीसहितको गाईदान गर्ने बताएका हुन् । समाजसेवी चिमरियाले आफ्नो जन्मदिन र विवाह उत्सवको अवसरमा हरेक वर्ष सहयोग गर्दै आएका छन् । उनले गतवर्ष मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य विमा गरिदिएका थिए । चिमरियाले जो स्वास्थ्य…

Read More