
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।
झापा, २० बैशाख । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।
बिर्तामोड, २० बैशाख । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गर्नुभएको छ । पार्टीको बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गर्नुभएको हो । विस्तारित कार्य समितिका मनोनित सदस्यमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, जगन्नाथ राजवंशी, देवीप्रसाद दाहाल, रामकुमारी पौडेल, खड्ग पन्धाक सुब्बा, गोविन्द पौडेल, मुना भट्टराई, निरज घिमिरे र दुर्गा सापकोटा रहनुभएको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । त्यसैगरी समितिका सदस्यहरुमा राधा कार्की, बालजित राई, अमिन अलि, अजय घिमिरे, विना तामाङ, नारायण गिरी, सिता पोखरेल, मिना गजमेर, हर्क…
दमक, २० बैशाख । दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमका सहभागीहरले यस्तो बताएका हुन् । प्रमुख अतिथि गौरादह नगरपालिाका नगर प्रमुख छत्रपति सुवेदीले उद्घाटन गरेको कार्यक्रम पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमा आधारित समाचार लेख्नुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहिन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधै सचेतहुनुपर्ने…
झापा, २० बैशाख । चार पहिचानवादी पार्टी बीच एकता भएको छ । नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियानबीच एकता भएको हो । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चार पार्टी एकीकरण भई नागरिक उन्मुक्ति पार्टी (एकीकृत) निर्माण भएको जानकारी दिइयो । पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउन पहिचानवादी पार्टीहरु बीच एकता भएको जानकारी दिनुभयो । गत बैशाख १८ गते पार्टी एकीकरणका लागि १० बुँदे समझदारी पत्र हस्ताक्षर भइसकेको र आज औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरिएको उहाँले बताउनुभयो । १० बुँदे…
चन्द्र बस्नेतकनकाई, २० बैशाख । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवामा २ दिवशीय बहुसांस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको छ । कोर्काली अध्ययन केन्द्र फिदिम पाँचथरकोआयोजना तथा तुम्बेवा गाउँपालिकाको आर्थिक सहयोग र विभिन्न दर्जनौं संघ–संस्थाको सह–आयोजनामा २ दिवशीय बहुसांस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको हो । कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन कोर्कालीको सभापतित्व तथा गाउपलिकाका अध्यक्ष बाबुराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियोे । कोर्काली अध्ययन केन्द्र स्थापना भएको छोटो समयमा नै आफ्नो भाषा, कला संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान र थाकथलो बारे जानकारी गराउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्ययन केन्द्रका अध्यक्ष कोर्कालीले जानकारी दिनुभयो । कार्यक्रमबाट आफ्नो कला…
भद्रपुर, २० बैशाख । भद्रपुर झापा गोल्डको कार्यालय उद्घाटन गरिएको छ । मेची रंगशाला परिसरमा सञ्चालनमा आएको गोल्डकपको कार्यालय आज एक कार्यक्रमका बीच भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलल र जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै नगरप्रमुख पोखरेलले एकता र सहकार्यले जुनसुकै काम गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा भद्रपुर झापा गोल्डकप सम्पन्न भएको बताउनुभयो । उहाँले गोल्डकपले मेची रंगशालाको गरिमालाई अझ उच्च बनाएको बताउनुभयो । “अब सम्भावना भएका खेलाडीलाई उजार गर्न जरुरी छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “अब समग्र खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्छ, नगरले सक्दो सहयोग गर्छ ।” कार्यक्रममा उपप्रमुख राधा कार्की,…
झापा, २० बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि जित हासिल गरेको छ । आईपीएल अंक तालिकामा दिल्ली सबैभन्दा तल र गुजरात सबैभन्दा माथि रहेको टोली हो । गुजरातको घरेलु मैदानमा भएको उक्त खेलमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बलियो गुजरातले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा दिल्लीको यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार हो ।
झापा, २० बैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ । २०७० सालमा इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरेका थिए । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् । डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध, चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए । उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् । उनले भने, “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदामाथिको अपमान…
झापा, २० बैशाख । ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं ।’ नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिह्नमा भोट हाल्न नलगाउने पनि उनले बताए। कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् । अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको…