
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ३० भदौ । झापाको कनकाई नगरपालिकाले जेन जी आन्दोलनका क्रममा नगरपालिका र मातहतका वडा कार्यालयबाट लगिएका सामग्रीहरू तत्काल फिर्ता गर्न अनुरोध गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गरी त्यस्तो आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले कोही कसैले नगरपालिकाको सामान लगेको भए तत्काल फिर्ता गरिदिन आग्रह गर्नुभयो । उहाँले सामान फिर्ता गर्नेहरूको नाम गोप्य राखिने बताउनुभयो । सामान फिर्ता नगरिए प्रत्यक्षदर्शीले खिचेको भिडियो फोटो र नगरवासीले दिएको सूचनाको आधारमा कानुनी कारबाही गरिने बताउनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ – यस नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा मिति २०८२/०५/२४ गते भएको…
रोहित काफ्लेभद्रपुर, ३० भदौ । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थप दुईजना कैदी झापामा पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरू धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दिनेश सोरेनलाई आज दिउँसो कनकाई–६ मा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । कर्तव्य ज्यान मुद्दामा झापा गाउँपालिका निवासी सोरेन कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले आठ वर्ष कैद भुक्तान गरिसकेका छन् । त्यस्तै, नेपालको कारागारबाट भागेर भारत पुगेका एक भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय केचनामा बुझाइएको छ ।…
धनकुटा, ३० भदौ ।धनकुटामा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय किशोरको मृत्यु भएको छ। शहीदभूमि गाउँपालिकास्थित सेतीचोकमा को. २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शहीद भूमि–२ का १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सोही ठाउँका २३ वर्षीय सचिन शिवाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, ३० भदौ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरूको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको…
काठमाडौँ, ३० भदौ । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गर्नुभएको हो । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्नुभएको हो । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पु¥याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गर्नुभएको थियो । रासस
काठमाण्डौ, ३० भदौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो । बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ । बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ ।
झापा, ३० भदौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ७० रुपैयाँ थियो ।
काठमाण्डौ, ३० भदौ । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ । अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँ अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष…
सन्तोष शर्माझापा, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेन जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका पार्टीबाट निर्वाचित जनप्रतिनिधिको घर पुनर्निर्माणका लागि जनस्तरबाट सहयोग गर्न आह्वान गर्ने भएको छ । गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएको झापाको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको घरको आइतबार स्थलगत अवलोकनका क्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले जेन जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका जनप्रतिनिधिको घर निर्माणका लागि जनस्तरबाटै सहयोगका लागि आह्वान गरिने बताउनुभयो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते उपप्रमुख कार्कीको घर आन्दोलनकारीले जलाएका थिए । आगजनीबाट घर पूर्णरूपमा जलेको छ । दमक नगरपालिकाका नगरप्रमुख समेत…
मानव अधिकार सञ्जाल झापाद्वारा भद्रपुरका नगरप्रमुख पोखरेल र उपप्रमुख कार्कीको क्षतिग्रस्त घरको अवलोकन
भद्रपुर, ३० भदौ । मानव अधिकार सञ्जाल झापाले आइतबार भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीको घरको स्थलगत अवलोकन गरेको छ । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते मंगलबार उनीहरुको घरमा तोडफोडसँगै आगजनी भएको थियो । आगजनीबाट घरका सबै सामान जलेर नष्ट भएका छन् । घरभित्र अहिले खरानी र जलेको सामानको अवशेस मात्र रहेका छन् । आन्दोलनकारीले नगरप्रमुख पोखरेलको घरबाट सामान निकालेर आँगनमा जलाएका थिए भने घरभित्र समेत आगो लगाइदिएका थिए । नगरप्रमुखको दुई तले घरको भुइँ तला पूर्ण रुपमा जलेको छ भने दोस्रो तलाको अधिकांश भाग जलेको छ । त्यस्तै, उपप्रमुख कार्कीको घरमा अहिले खानीबाहेक…