झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ चैत । साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपका यू–१७ राष्ट्रिय महिला टोलीलाई बंगलादेश प्रस्थान गरेको छ । मार्च २० देखि बंगलादेशमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले प्रतियोगिताको उदघाटन खेलमा भारतसँग खेल्नेछ भने दुई दिनपछि भुटानसँग खेल्नेछ । नेपालले मार्च २६ मा रसियासँग खेल्नेछ र मार्च २८ मा आयोजक बंगलादेशसँग प्रतियोगिताको समापन गर्नेछ । सिंगल राउण्ड रोबिन ढाँचामा खेलिने प्रतियोगिताको शीर्ष टोली च्याम्पियन हुनेछ ।

Read More

झापा, ४ चैत । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए । माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व…

Read More

झापा, ४ चैत । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका–१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो । नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो । ‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो’, केही दिनअघि मान्ममा भेटिएका उनले भने,…

Read More

झापा, ४ चैत । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्। यससँगै जनयुद्धकालमा राज्य र विद्रोही…

Read More

झापा, ४ चैत । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ । काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिए । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको…

Read More

अर्जुनधारा, ०३ चैत्र । आफ्नो जन्म दिनको दिनमा अधिकाशंले साथी भाई भेटघाट सँगै फजुल खर्च गरेर मनाउने गरेका छन् । तर केही त्यस्ता व्यक्ति छन् जो आफ्नो हरेक बर्ष आउने जन्म दिनको खर्च कटाई असहाय बालबालिकालाई सहयोग गरिरहेका हुन्छन् । विर्तामोड वडा नं -४ निवासी खुम खड्काले आफ्नो जन्मदिनको अवसरमा अर्जुनधारा-५, कप्तानबारी स्थित अपांग बाल शिक्षा सरोकार केन्द्रका बालबालिका सँग २४ औं जन्म उत्सव मनाएका हुन् । उनले उक्त अवसरमा केन्द्रका बालबालिकाहरुका लागि २ महिनाको दिउँसोको सम्पुर्ण खाजा खर्च साथै विभिन्न खाद्य सामाग्री पनि सहयोग गरेका छन् । जन्मदिन मनाउन उनका सहपाटी, सहित कन्काई आदर्श क्याम्पस, विर्तामोडका स्वतन्त्र विद्यार्थी संघमा…

Read More

झापा, ३ चैत । नेपाली चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्म शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक लगायतको अभिनय छ । फिल्म सस्पेन्स बिषयमा निर्माण भएको हो ।

Read More

भद्रपुर, ३ चैत । झापाको भद्रपुरमा क्रिकेट संघ गठन भएको छ। भद्रपुरमा हालै भएको एक भेलाले आदित्य पराजुलीको अध्यक्षतामा १७ सदस्यीय भद्रपुर क्रिकेट संघ गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा उद्यमी मनोज श्रेष्ठ र राजन भट्टराई, महासचिव टहलदास मैनाली, सचिव शिवु बुढाथोकी र कोषाध्यक्षमा अजय साहेवाला रहेका छन् । त्यस्तै, सदस्यहरूमा विशाल राई, शेखर खड्का, अङ्कित सुवेदी, सागर कार्की, प्रवेश कामती, विपिन महतो, गिरिश शाक्य, भरत गुरुङ, कविन राई, स्मिज ढकाल र प्रज्ज्वल राई लगायत छन् । भद्रपुर नगरप्रमुख गणेश पोखरेल र ८ नं. वडा अध्यक्ष गौरव सुव्वा(मनोज संरक्षक रहने गरी गठन गरिएको संघको सल्लाहकारमा छत्रप्रसाद अधिकारी, टीकाराज ढकाल, किशोर…

Read More

झापा, ३ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए । नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे ।

Read More

भद्रपुर, ३ चैत । पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा फरार एक युवा पक्राउ परेका छन् । झापा जिल्ला अदालतको गत कात्तिक २३ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्धामा एक वर्ष कैद तोकिएर फरार रहेका भद्रपुर–४ का अनिल श्रेष्ठ भन्ने अनिल दर्शनधारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले आज पक्राउ गरिएको हो । उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More