झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ फागुन । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोल स्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जली मृत्यु भएको छ । हिजो बेलुका स्थानीय रामबहादुर मगरको ढुंगा माटोले बनेको दुईतले घरमा बिधुत सर्टभई आगलागी हुँदा उनको ६ वर्षीया छोरी जस्मिन मगर र २ वर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो । घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अबस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।…

Read More

सन्तोष शर्माझापा, २७ फागुन । विभिन्न पहिचानवादी पार्टी बीच एकता भएको छ । झापाको बिर्तामोडमा आज पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न छ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो । राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानबीच एकता भएको हो । सम्बद्ध पार्टीका शीर्ष नेताहरुले संयुक्त रुपमा एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जनमुक्ति पार्टीका महासचिव विष्णु खाम्देनले पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु गरिएको बताउनुभयो । “नेपाली जनता र नेपाली…

Read More

भद्रपुर, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ । झापाको भद्रपुरमा आज एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गर्नुभयो । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । “जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ”, उहाँले भन्नुभयो, “पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।” कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३…

Read More

झापा, २७ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार तेस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा आशिषले निर्णायक गोल गरेका हुन् । जितसँगै चर्च ब्वाइजले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा कायम छ । हिमालयनको यो पहिलो हार हो । हिमालयनले ३ खेलमा ४ अंक जोडेको छ । यसअघि आज भएको अर्को खेलमा थ्री स्टारले खुमलटारलाई हराएको छ ।

Read More

झापा, २७ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आजै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यस्तो छ निर्वाचन तालिका

Read More

झापा, २७ फागुन । निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो । जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पुर्‍याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले रणनीतिको मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागिएको…

Read More

झापा, २७ फागुन । निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकार विपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि विभिन्न दलका स्वार्थ पूरा गर्न राजनीतिक निर्णय लिँदै आएको आयोगले उपराष्ट्रपतिका विषयमा संविधानको व्याख्या आफू अनुकूल गरेको छ । पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । संविधानका कुनै पनि धारामा विवाद भए त्यसको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको अधिकार र सीमाबाहिर गएर राष्ट्रपतिमा पुरुष निर्वाचित…

Read More

झापा, २७ फागुन । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका…

Read More

झापा, २७ फागुन । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएपछि ती पार्टीहरू एकीकृत हुन थालेका हुन् । माओवादी धारका राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित जनताका बीचमा पुग्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी धारका राजनीतिक दलहरूको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, २६ फागुन । बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा आज घरेलु हिंसा सम्बन्धी कानून र कानुनी प्रावधानबारे एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासंगै पूरुष हिँसा पनि बढ्दै गएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाउन सबैलाई आग्रह गर्नु भयो ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका उप प्रमुख संग्रौलालले लागुऔषधकाकारण पनि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्दै सभ्य समाज निर्माणका लागि सबै एक जुट हुनु पर्ने बताउनु…

Read More