
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १ फागुन । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली(७ स्थितबाट पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी(२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी–१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३०…
विराटनगर, २९ माघ । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धितऔषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज–२ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागि चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी–२ कादिल कुमार विश्वकर्मा, सवार गौरादह–८ का अमन ताजपुरिया, धरान–१६ का दिपा परियार र वेलबारी–९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र–६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित…
झापा, २८ माघ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।
एजेन्सी, २८ माघ । क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ । उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र कम्तिमा २५ जना घाइते भएका रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर रिजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ । अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न…
झापा, २८ माघ । भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसले टसको फाइदा उठाउन सकेन । बलरलाई साथ दिएको पिचमा डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए…
झापा, २८ माघ । झापाको कमल गाउँपालिका–७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो । मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टोली परिचालन गरिएको…
जाडो र जोर्नी दुखाइबीच विशेष सम्बन्ध छ । जाडोमा तापक्रम घट्दा मांसपेशी तन्किन थाल्छन् । जसकारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छ । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । विशेषगरी जोर्नी वा जोर्नीमा समस्या भएकाहरूको दुखाइ जाडोमा पहिलेको भन्दा बढ्छ । जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ । जाडोमा जोर्नी दुखाइ बढ्ने कारण जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले…
एजेन्सी, २४ माघ । युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ । त्यस्ता डिजाइन परिवर्तन नगरेको खण्डमा ईयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत हुने जरिवानाको जोखिम लिन तयार रहन पनि ईयूले चेतावनी दिएको छ । युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको आरोप लगाएको छ । लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस पद्धतीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा…
फिदिम, २४ माघ । पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभूत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई अभियान विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ कार्यालय पाँचथरले जानकारी दिएको छ । खोप लगाउन माघ २७ देखि २९ गतेसम्म गतेसम्म विद्यालय केन्द्रित अभियान चलाइने अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख महेश सुनारले जानकारी दिए। यो खोप लगाएपछि १५ वर्षसम्म…
काठमाडौँ, २४ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । समन्वय बैठकमा सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।…