
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० माघ । झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ–६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ–६…
काठमाडौं, २० माघ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एउटा भए मतदान गर्न पाइने स्पष्ट गरेको छ । निर्वाचन आयोगद्वारा स्थापना गरिएको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा आयोगले यस्तो जानकारी दिएको हो । ‘मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?’ भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको छ । आयोगका अनुसार मतदान गर्नका लागि सबैभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सामान्यतया मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने हुन्छ । तर, मतदाता परिचयपत्र नभएको वा…
झापा, २० माघ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह घरदैलो अभियानमा देखिएका छन्। स्थानीय बासिन्दाको आँगनमै बसेर जनताका समस्या, गुनासा र अपेक्षा ध्यानपूर्वक सुन्दै उनी सहज र आत्मीय संवादमा घुलमिल भएका छन्। स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए । उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित…
मोरङ, २० माघ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक दाम्पती मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब २ बजे २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी २१ वर्षीया श्रीमती अम्बिका कुमारी मण्डलमाथि चक्कु प्रहार गरी हत्या गरेका हुन्। घरेलु विवादका क्रममा कुटपिटपछि चक्कु प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको र त्यसपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए।
झापा, २० माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र चाँदीको चाँदीको मोल रु पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला छापावाल सुन रु दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।
काठमाडौँ, १९ माघ । कुरियरमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिएको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजाललाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । सेवाग्राहीको उजुरीपछि कारबाही हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालयस्थित पार्सल ९निकासी० शाखामा कार्यरत कर्मचारीहरूले सामान निकासी गर्दा दुःख दिने र अतिरिक्त रकम माग गर्ने गरेको उजुरी आयोगमा परेपछि टोली परिचालन गरिएको थियो । माघ १८ गते टोलीले उनीहरूलाई घुसको नगद र स्रोत नखुलेको…
झापा, १९ माघ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।
एजेन्सी, १९ माघ । भारतमा सर्पदंश एक गम्भीर स्वास्थ्य संकटका रूपमा देखा परेको छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पको टोकाईबाट ज्यान जाने गरेको छ । बीबीसीका अनुसार यो विश्वभर कूल सर्पदंश मृत्युमध्ये झन्डै आधा हो । केही अध्ययनहरूले सन् २००० देखि २०१९ को अवधिमा मात्र भारतमा १२ लाखको ज्यान गएको देखाएका छन् । ग्रामीण तथा गरिब समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन् । खेतीपाती गर्ने किसान, आदिवासी समुदाय र दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू जोखिममा छन् । अस्पताल पुग्न ढिलाइ, खराब सडक, एम्बुलेन्सको अभाव र झारफुक तथा धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिले मृत्युदर अझ बढाएको…
बिर्तामोड, १९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए । त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र…
काठमाण्डौ, १९ माघ । स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा लिन सक्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ । बीमाको वित्तीय भार अहिले ओपीडीमा धेरै परेकोले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको उहाँको भनाइ छ । आउँदो फागुन १ गतेदेखि नयाँ नियम कार्यान्वयनमा ल्याउने तयारी छ । आइसीयू तथा सर्जरीमा सेवा लिँदा बीमा पर्याप्त नहुने भएकाले सन्तुलन मिलाउन यो नियम लागू गरिएको बोर्डले जनाएको छ । अहिले स्वास्थ्य बीमामा आबद्ध हुन ३ हजार…