
काठमाडौं, २० माघ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एउटा भए मतदान गर्न पाइने स्पष्ट गरेको छ ।
निर्वाचन आयोगद्वारा स्थापना गरिएको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा आयोगले यस्तो जानकारी दिएको हो । ‘मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?’ भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको छ ।

आयोगका अनुसार मतदान गर्नका लागि सबैभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सामान्यतया मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने हुन्छ ।
तर, मतदाता परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र तथा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एउटा सक्कल कागजात देखाएमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

