
झापा, २० माघ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह घरदैलो अभियानमा देखिएका छन्।
स्थानीय बासिन्दाको आँगनमै बसेर जनताका समस्या, गुनासा र अपेक्षा ध्यानपूर्वक सुन्दै उनी सहज र आत्मीय संवादमा घुलमिल भएका छन्।

स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए ।
उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका थिए ।
भाषणभन्दा सुन्ने र बुझ्ने राजनीतिलाई प्राथमिकता दिने बालेनको यो शैलीले झापा–५ मा भरोसामाथि आधारित, जनकेन्द्रित नेतृत्वको सशक्त सन्देश दिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

