
मोरङ, २० माघ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक दाम्पती मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब २ बजे २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी २१ वर्षीया श्रीमती अम्बिका कुमारी मण्डलमाथि चक्कु प्रहार गरी हत्या गरेका हुन्। घरेलु विवादका क्रममा कुटपिटपछि चक्कु प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको र त्यसपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

