
झापा, २० माघ । झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ–६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ
माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकी रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ–६ स्थितबाट कारोवारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ का ३० बर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका–५ का २१ बर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

