
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ४ फागुन । सभामुख देवराज घिमिरेले राजनीतिक विसंगतिविरुद्ध आफू एम्पायरको भूमिका रहने बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिकाले आज यहाँ आयोजना गरेको सभामुख र उपसभामुखलाई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले जसरी खेललाई सही ढंगले खेलाउन एम्पायरको भूमिका महत्वपूर्ण हुन्छ, त्यसरी नै राजनीतिक विसंगतिलाई हटाएर संसदलाई सही ढंगले चलाउन आफू एम्पायरको भूमिका रहने बताउनुभयो । “सरकारमा बसेर सरकारको र संविधानको विरोध भइरहेको छ, संविधानको राजनीतिक संकट सिर्जना भइरहेको छ”, उहाँले भन्नुभयो, “संविधान संशोधनदेखि सरकारका हरेक कामलाई सही ढंगले सफल बनाउने भूमिका निर्वाह गर्छु ।” उहाँले देशको आवश्यकतालाई निष्कर्षमा पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको…
शिवसताक्षी, ४ फागुन । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, ६ रजत र १ काश्य गरी जम्मा १४ पदक हात पारेको छ । रनिङ शिल्ड प्रतियोगितामा लालपानी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । लालपानी माविले ५ स्वर्ण, १ रजत र ३ काश्य गरी ९ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको…
झापा, ४ फागुन । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सव बिर्तामोड–२ रामचौकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा सञ्चालन हुँदैछ । सभामुख घिमिरेसंगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर २ का सांसद्, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन हुने…
झापा, ५ माघ । झापामा सात महिनाको अवधिमा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०७९÷०८० को माघ मसान्तसम्ममा चार सय ५७ सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिनुभयो । कार्यालयका अनुसार साउनमा १२ जना, भदौमा ५, असोजमा १६, कात्तिकमा ९, मंसिरमा १४, पुरुषमा १२ र माघमा ७ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ जना पुरुष, १४ जना महिला, दुई बालक र दुई जना बालिका रहेको छन् । ती दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ…
झापा, ४ फागुन । झापाको मेचिनगर नगरपालिका–११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे मेचिनगरû११ सृजना टोलका ४३ बर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
झापा, ४ फागुन । कर्णालीमा गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गरिने भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बालबालिकाको सिकाइ निरन्तरता र घरमै पढ्ने बानीको विकास गर्न हरेक घरमा पढाइ कुनासहितको गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गर्ने घोषणा गरेका हुन्। अपांगताका कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ। सेभ द चिल्ड्रेन, पिपल इन नीड ९पिन० लगायतका विकास साझेदारको सहयोग र सहकार्यमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पदाधिकारीहरूको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट १३ बुँदे घोषणापत्र जारी गर्दै यस्तो घोषणा गरिएको हो। विद्यालय व्यवस्थापन समितिको सक्षम नेतृत्वबाट विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजित सम्मेलनले प्रारम्भिक बालविकास उमेर समूहका सबै बालबालिकालाई बाल विकासमा…
बिर्तामोड, ४ फागुन । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका स्वास्थ्य शाखामा औषधि खरिद लगायातका क्षेत्रमा अनियमिकता भएको भन्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ । पार्टीका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, सचिव गणेश सौगात कालिकोटे लगायातको टोलीले नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंलाई ध्यानआकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिका स्वास्थ्य शाखाले बिमा औषधि खरिदमा नगरपालिका आफैँले औषधि खरिद गरी बिरामीलाई वितरण गर्नुपर्नेमा ठेक्का प्रणालीबाट औषधि खरिद र बिक्री गर्ने गरिएको ज्ञापन–पत्रमा जनाईएको छ । औषधि खरिद गर्दा विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएकोबाट खरिद गर्नुपर्नेमा नगरपालिकाले मापदण्ड पुरा नगरी आफ्नो आफ्नो अनुकूलतामा खरिद गर्ने गरेको ज्ञापन–पत्रमा उल्लेख गरेको…
झापा, ४ फागुन । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ । भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५…
झापा, ४ फागुन । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ। हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्। ‘खतराको सङ्केत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा) ले पीएम (कमल केसी) लाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय…
झापा, ३ फागुन । सहकारीको पैसा संकलन गर्न भन्दै घरबाट निस्किएका एक व्यक्ति आठ दिनपछि आज रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय भेषराज खनाल हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनको सखुवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार गत माघ २५ गते बिहान १० बजे घरबाट सहकारीको पैसा संकलनका लागि निस्केकोमा हालसम्म पनि सम्पर्कमा नआएको भनेर मृतक भेषराजका भाइ तोयानाथ खनालले माघ २६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए । प्रहरी कार्यालयहरुलाई हुलिया परिपत्र गरी खोजतलास…