
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ फागुन । प्रधानमन्त्री तथा पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध हत्या अभियोगसहितको मुद्धा दर्ता गरिएकोमा नेकपा (माओवादी केन्द्र) झापा भर्त्सना गरेको छ । माओवादी केन्द्र झापाले आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष प्रचण्डविरुद्ध लगाइएको अभियोग र मुद्दाप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेको हो । “१० वर्षे जनयुद्ध, २०६२–०६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा भएको वृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरु विरुद्ध हुने कुनै पनि गतिविधिप्रति सशक्त प्रतिवाद गरिने समेत…
झापा, २४ फागुन । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । २०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसको एउटा वडालाई कार्यक्षेत्र बनाएर २६ जनाद्वारा स्थापित संस्थामा आज १ लाख ४५ हजारभन्दा बढी सदस्यहरु आवद्ध छन् । नेपालकै अग्रणी सहकारी संस्थाको पहिचान बनाएको एनएमसीले हाल पाँच वटा अलग व्यवसायहरु सञ्चालन गरेर बहुउद्देश्यीय संस्थाको गरीमालाई…
कनकाई, २४ फागुन । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको दिवसको अवसरमा आयोजित झापा जिल्लास्तरीय महिला फुटबलको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजयी हुने जुनतारा फुटबल क्लव अर्जुनधाराले नगद ५० हजारमा चित्त बुझायो । आयोजकले अर्जुनधारालाई ३—० गोल अन्तरले पराजित गरेको हो । आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दाहालले थप १ गोल गर्नुभयो । प्रतियोगिताको ओम्यान अफ द म्याच आयोजक टिमकी २ गोलकर्ता अनिता लम्जेल हुनुभयो भने सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द…
शिवसताक्षी, २४ फागुन । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान गरेको हो ।नेपाललाई महिला आन्दोलन र महिलाहरुको हक हितका लागि लामो समय काम गरेको र बराललाई साधाना तथा आध्यमिक क्षेत्रमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर…
भद्रपुर, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले आज महिलाहरुको सहभागितामा म्याराथन दौड सम्पन्न गरेको छ । विहान भद्रपुर ५ स्थित मेची पूलबाट शुरु भएको म्याराथन दौड मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो । पैतियोगितात्मक सो म्याराथनमा लगभग ४ किलोमिटर दौड पूरा गरेर भद्रपुर २ की सुस्मिता राई प्रथम भइन् । उनले नगर रु. ४ हजार पुरस्कार प्राप्त गरिन् । रुपा राई दोस्रो भइन् भने भद्रपुर २ कै विन्दा राई तेस्रो भइन् । उनीहरुले क्रमशः ३ हजार नगद र २ हजार नगरद पुरस्कार प्राप्त गरे । चौथो स्थानमा अनिता तामाङ र पाँचौ स्थानमा दुर्गा किस्कु…
भद्रपुर, २४ फागुन । झापाको कनकाईस्थित नमूना युवा क्लबको भवन शिलान्यास गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले आज एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्दै नगरप्रमुख पोरखेलले संस्थागत विकास गर्न क्लबले भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । क्लबले गरिरहेको रचनात्मक कार्यको उहाँले प्रसंशा समेत गर्नुभयो । कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईंले भवन निर्माणकाल ािग वडाबाट केही सहयोग गरिएको बताउनुभयो । उहाँले सकेको सहयोग र सहकार्य गर्न वडा तयार रहेको भन्दै नमूना युवा क्लबले रचनात्मक कामको प्रशंसा समेत गर्नुभयो । क्लबका अध्यक्ष गंगाकुमार श्रेष्ठको अध्यक्षतामा भएको…
कनकाई, २४ फागुन । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाकालागि यात्रा तय गरेका हुन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सह—आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ । प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउदै जुनतारा फाइनलमा प्रवेश गरेको हो । त्यस अघि नै कनकाईले…
झापा, २४ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध द्वन्द्वकालीन घटनाका मुद्दा ब्युँतिने भएपछि माओवादी निकटका आठ दल मोर्चाबन्दीमा जुटेका छन् । प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नजिकिएका माओवादी नेताहरू सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे व्यापक छलफलमा जुटेका हुन् । मंगलबार माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरिरहँदा सर्वोच्च अदालतमा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ कम्युनिस्ट पार्टीका नेताहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको…
झापा, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सांसदका लागि मतदान गर्न अलगअलग मतदान केन्द्रको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा ५ सय ५० मतदाता छन् । निर्वाचनमा संघीय सांसदको मतभार प्रतिसांसद ७९ र प्रदेशसभाका…
झापा, २४ फागुन । सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम नरहने ठहर गरेको छ। सर्वोच्चले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको कानुनी प्रक्रिया मिचेर पुरानै नागरिकताका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार बनेकाले धरौटीसमेत फिर्ता दिन आदेश गर्दै तत्कालीन समयमा उनी नेपाली नागरिक नभएको ठहर गरेको हो। लामिछानेले कानुनद्वारा निर्धारित प्रक्रिया पूरा नगरेको हुँदा विधिवत् नेपाली नागरिकता कायम भैसकेको मान्न नमिल्ने सर्वोच्चले स्पष्ट पारेको छ। लामिछानेको राहदानीको विषय छानबिनका लागि छोड्दै सर्वोच्चले नागरिकताको विषयमा मात्र व्याख्या गरेको छ। ‘नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो,…