झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ चैत । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार विश्वासको मत दिएका सबै दललाई सरकारमा ल्याउन तीन मन्त्रालय थप्न लागिएको हो । संविधानअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन नपाइने भएकाले संविधानभित्र रहेर मन्त्रालय थप्ने तयारी भइरहेको जिकिर गर्दै ती नेताले नेपाल समाचारपत्रसँग भने– ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय विभाजन हुने सम्भावना रहेको छ ।’ भागबन्डा मिलाउनकै लागि थपिने यी तीन मन्त्रालयले देशलाई भने वार्षिक १५ करोड रुपियाँ व्ययभार थपिने छ ।…

Read More

झापा, ८ चैत । विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ । सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय…

Read More

झापा, ८ चैत । नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ। खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आएको छ। नेपाल र भारतमा प्रतिबन्ध लगाइएकाले प्रयोगमा नरहेका अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहका विषादी परीक्षण गरेर राज्यको साधनस्रोतको दुरुपयोग हुँदै आएको छ। बाली संरक्षणविज्ञ डा। डिल्लीराम शर्माले भने, “नेपाल र भारतमा…

Read More

बिर्तामोड, ७ चैत । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो । मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर मेयर पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मुल्य पर्ने ट्रली हस्तान्तरण गर्नु भएको हो । बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ संस्थाहरुबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ ।यस अघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन…

Read More

बिर्तामोड, ७ चैत । विज्ञसँग प्राविधिकको पशु प्रजनन् सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई) मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरी २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नु पर्ने बताउनु भयो । उहाँले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह गर्नु भयो ।…

Read More

शिवसताक्षी, ७ चैत । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले आज सदस्यलाई सहकारी शिक्षा समेत प्रदान गरेको छ । सहकारीको व्यवस्थापक कमलकुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबारका विषयमा प्रष्ट पारेका थिए । उनले स्वर्ण लक्ष्मी साकोस वित्तीय कारोबारमा चुस्त र दुरुस्त रुपमा सदस्यको भावनालाई कदर गर्दै कारोबार गरेकाले बजारमा चलेको हल्लाको पछाडी नलाग्न समेत सुझाए…

Read More

झापा, ७ चैत । नेपाल यातायात मजदुर संघ झापाको अध्यक्षमा यादव ओली निर्वाचित भएका छन् । संघको आज बिर्तामोडस्थित नेपाली कागं्रेसको पाटी कार्यालयमा भएको बन्द सत्रबाट अध्यक्षमा ओली सर्वसम्मत भएका हुन् । त्यस्तै, संघको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष बिष्णु लुइंटेल शिवाकोटी, सचिवमा देवनारायण ढुङ्गाना, सह–सचिवमा बिशाल तामाङ मोक्तान र कोषाध्यक्षमा प्रेम श्रेष्ठ सर्व सम्मत चयन भएका छन् । त्यस्तै, संघको सदस्यमा गाविन्द तामाङ, कमल राई, तुलसी प्रसाद दाहाल, इन्द्र श्रेष्ठ चयन भएका छन् । एक जना काँकरभिट्टा इकाइबाट सदस्य थपिने बताइएको छ । त्यस्तै, चार जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको बताइएको छ । कार्यक्रममा ट्रेड यूनियन कांग्रेस…

Read More

झापा, ७ चैत । राजनीतिसँगै लेखन कर्ममा जुटेका राम कट्टेलको दोस्रो कृति सार्वजनिक भएको छ । विश्व कविता दिवसको अवसर पारेर कट्टेलले आफ्नो कविता संग्रह सार्वजनिक गरेका हुन् । कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले मंगलबार विमोचन गरेका हुन् । राजनीतिककर्मी कट्टेलको यसअघि कथा संग्रह सम्बन्ध लेखेका थिए । कृतिकार र प्रमुख अतिथि शर्माको गृहनगर धुलाबारीको अतिथि सदनमा संग्रह विमोचित कार्यक्रममा साहित्यकार तथा नगरबासीको बाक्लो उपस्थिति थियो । सरल भाषामा साहित्य सिर्जना गर्ने कट्टेलले सम्बन्ध नामाकरण गरेर कथा सँगालो सार्वजनिक गरेका जीवनका मोडहरु लोकार्पण गराएका हुन्। उनका दुबै कृतिको नाम जीवन भोगाइसँग निकट भएको विमोचन…

Read More

झापा, ७ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भोलि (बुधबार) देखि ‘प्राइम मिनिस्टर थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । चैतसम्म चल्ने फुटबल प्रतियोगितामा नेपाल, भुटान र लावसबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दशरश रंगशालामा सिङ्गल राउन्ड रोविन आधारमा हुने प्रतियोगिताका लागि सहभागी हुन भुटान र लावसका टोली नेपाल आइसकेका छन् । प्रतियोगिताको प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गर्ने तय भएको…

Read More

झापा, ७ चैत । राष्ट्रिय आयोजना बैंकमा ७९ खर्ब रुपैयाँ लागतका आयोजना सूचीकृत भएका छन् । संघीय सरकारले आयोजना कार्यान्वयन गर्नुपूर्व निर्धारित मापदण्डका आधारमा पहिचान, लेखाजोखा र प्राथमिकीकरण प्रक्रियाबाट छानिएका लगानीयोग्य आयोजनाको सूची तयार गर्न उक्त बैंक बनाएको थियो । त्यसमा हालसम्म ७ हजार २ सय १९ परियोजना प्रविष्ट गरिएको छ । राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको आयोजना बैंकमा दर्ता भएका ती परियोजनाको अनुमानित लागत ७९ खर्ब रुपैयाँभन्दा धेरै रहेको र तिनलाई सम्पन्न गर्न अहिलेको बजेट प्रणालीअनुसार कम्तीमा २६ वर्ष लाग्ने अधिकारीहरूले बताएका छन् । योजना आयोगमा दर्ता भएका त्यस्ता परियोजनामा खासगरी सडक, खानेपानी, पुलपुलेसा, नदी तटबन्धदेखि एयरपोर्ट बनाउनेसम्मका छन् ।…

Read More