झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ चैत । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन । तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम नरोकिएको हो । राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक…

Read More

झापा, २१ चैत । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचरलगायतका भौतिक साधन छन् । दराजमा दुई चार पुस्तक पनि सजाइएका छन् । सङ्घका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक…

Read More

बिर्तामोड, २१ चैत । बिर्तामोड नगरपालिकाले शुक्रबार साँझ आएको हावाहुरीसहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सोमबार वडा नम्बर १० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गर्नु भयो । असिना पानीले अधिकांशको घरको छाना र कृषि बालीमा ठुलो क्षति पुर्याएको छ । नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले तेलगानी टोलमा रहेको सुकुम्बासी वस्ती लगाायतका विभिन्न टोलमा पुगेर क्षतिको बारेमा जानकारी लिनु भएको हो । नगर प्रमुख प्रसाईले टोल विकास संस्था मार्फत जतिसक्दो चाँडौ विवरण संकलन गर्न आग्रह गर्नु भयो । अनुगमनका क्रममा सुकुम्बासी वस्ती र बाँकी रहेका टोलमा…

Read More

झापा, २० चैत । नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

Read More

शिवसताक्षी, २० चैत । झापाको बिर्तामोडमा जारी अन्तर पालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिश्पर्धात्मक भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । त्यस्तै खेलको दोस्रो हाफको ५६ औं मिनेटमा शिवसताक्षीका तर्फबाट लागेको गोल नै निर्णायक गोल बन्न पुग्यो । शिवसताक्षीका तर्फबाट श्रवण मल्लिकले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच शिवसताक्षीका श्रवण मल्लिक घोषित भए । उनले ट्रफी सहित नगद २५ सय प्राप्त गरे । उनलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त ट्रफी र…

Read More

भद्रपुर, २० चैत । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सय बढी सन्थाल परिवारको स्वास्थ्य विमा गरिदिएको छ । विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुने गरी नगर प्रमुखसँग स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस वर्ष ६३४ परिवारको स्वास्थ्य विमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताए । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् । सन्थाल समुदायलाई स्वास्थ्य विमा गरिदिएको विमा भुक्तानीवापतको रकमबराबरको चेक आज नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य विमा बोर्ड सम्पर्क…

Read More

दुर्गापुर, २० चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले शैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ । साकोसको सेवा केन्द्र दुर्गापुरले संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सोमवार (आज) झापाको कनकाई नगरपालिका वडा नम्बर २ को सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । सेवा केन्द्रले कक्षा १ देखि ८ सम्म अध्ययनरत ३० जना बिद्यार्थीलाई आधा दर्जनका दरले कापी वितरण गरेको छ । सेवा केन्द्रले खेलकूद सामाग्री अन्तरगत फुटवल र भलिवल प्रदान गरेको छ । त्यसैगरी ३ जना जेहेन्दार तथा विपन्न बिद्यार्थीलाई प्राविधिक शिक्षा अन्तरगत एक बर्ष निःशुल्क कम्युटर…

Read More

भद्रपुर, २० चैत । ६६ औ सहकारी दिवसको अबसर पारेर भद्रपुर–९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडले सरसफाई सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत भद्रपुर ९ मा रहेका दुई वटा मन्दिर रामेश्वर शिव पाञ्चायन मन्दिर र श्री कृष्ण प्रणामी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर ९ नं वडाध्यक्ष रामप्रसाद दहालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहकारी संस्थाका सल्लाहाकार संयोजक चुडामणी मैनाली, रामेश्वर शिव पाञ्चायन मन्दिका अध्यक्ष सरोज निरौला र कृष्ण प्रणामी मन्दिरका अध्यक्ष गोपालकृष्ण मैनालीको उपस्थिति रहेको थियो भने सरसफाई पश्चात सहकारी संस्थाको तर्फबाट मन्दिर समितिका अध्यक्ष…

Read More

बिर्तामोड, २० चैत । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ । आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ । त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय…

Read More

बुद्धशान्ति, २० चैत । ‘पालिका सन्देश डट कम’ चौंथो बर्षमा प्रवेश गरेको छ । पी।एस।टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल तेस्रो बर्ष पूरा गरि चौंथो बर्षमा प्रवेश गरेको छ । डिजिटल अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया चौंथो बर्षमा प्रवेश गरेकोमा यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सम्पूर्णमा हाउसका अध्यक्ष सुरज दंगालले धन्यवाद प्रकट गरेका छन् । उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र तिन बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको…

Read More