झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ माघ । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि विज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र प्रदेश नं. १ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालाई सम्मान गरियो । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशी र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले उहाँहरुलाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री गिरीले सहारा नेपाल साकोसको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।…

Read More

झापा, २३ माघ । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देखि सरकारले चियाखेतीका लागि रासायनिक मल उपलब्ध गराउन छाडेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शिवकुमार गुप्ताले बताए । नेपालले विदेशमा चिया निर्यात गरेर बर्सेनि करोडौँ विदेशी मुद्रा आर्जनसमेत गर्दछ । यद्यपि चियाखेतीलाई आवश्यक पर्ने रासायनिक मल सरकारले उपलब्ध नगराएपछि तस्करी गरेर भित्र्याउन बाध्य…

Read More

अनकारा, २३ माघ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ। गाजिएनटेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७।७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर तल थियो । समाचार एजेन्सी एएफपीले यसलाई…

Read More

झापा, २३ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गरेको स्थितिमा आयोगले सो माग पूरा गर्न नसकिने प्रस्ट्याएको हो । सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद पद गएसँगै उनका निकटतम प्रतिस्पर्धीको हैसियतले श्रेष्ठले आइतबार आयोग पुगेर सो निवेदन दिएका हुन् । आयोगले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएको जनाएको छ । श्रेष्ठले निवेदन…

Read More

झापा, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरे । रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारमा धक्का पुगेको छ । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लागेका थिए । उनले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान…

Read More

काठमाडौँ, २३ माघ । राजस्व चुहावट र छलीको अनुसन्धान गर्ने प्रमुख भूमिकामा रहने राजस्व अनुसन्धान विभाग नै अस्थिर बन्दा राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेको छैन । त्यसमा पनि सो विभागमाथि एकातिर राजनीतिक हस्तक्षेप हुने र अर्कोतर्फ विभिन्न व्यापारिक समूहको स्वार्थका कारण राजस्व छली हुने क्रम घट्नुको साटो बढेको बताइएको छ । व्यापारिक समूहको स्वार्थ र उनीहरूको राजनीतिक नेतृत्वसँगको अपवित्र सम्बन्धका कारण पनि राजस्व अनुसन्धान विभागमा हस्तक्षेप बढेको बताइन्छ । जसका कारण विभागको नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँदैन । जसका कारण राजस्व छली गर्नेहरूको मनोबल बढेर जान सक्ने खतरा देखिएको छ । राजस्व छलीको मनोबल बढ्ने अवस्था आउनु…

Read More

झापा, २२ माघ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तराष्ट्रिय व्यपार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तर संवादमा सहभागी व्यवसायिका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाल सहित भारत , वंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल वुकिङ गरेका छन् । महोत्सवमा दुई सय बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवासायीले…

Read More

सन्तोष शर्माझापा, २२ माघ । झापाको भद्रपुर नगरपालिका–२ र ३ स्थित धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा आज हजारौं भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष स्वस्थानी व्रत कथाको समापनका दिनमा लाग्दै आएको किचकबध मेलाको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । मेलामा झापा, मोरङ, सुनसरी लगायत भारतको पश्चिम बंगाल, दार्जिलिङ, बिहारलगायतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन पूजापाठ एवम् मेला भर्न आएको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिनुभयो । आदिवासी–जनजातिको पूण्यभूमिका रुपमा लिइने किच्चकबधमा रहेको किचकबध पोखरीमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा…

Read More

झापा, २२ माघ । झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो खटिएको प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित घरैबाट झापा कमल गाउँपालिका–३ का ३५ वर्षीय राजकुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित झापा भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थितबाट सोही स्थान सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई र २० बर्षीय संदेश बास्तोला, ५ ग्राम ब्राउन सुगर सहित झापा गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठलाई पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनाको…

Read More

भद्रपुर, २२ माघ । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपिचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको पाइएको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहदा समेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नदेखिएको स्थानीय बताउँने गर्दछन् । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहीन इटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका…

Read More