झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ चैत । भनिन्छ– आमा महान् हुन् । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् । कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ’, उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’ शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने…

Read More

झापा, १७ चैत । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो । जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उनले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताए । जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर उनले गरे । उनले भने, ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर…

Read More

झापा, १७ चैत । राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले मुद्दा दायर भएको तीन वर्षपछि प्रबन्ध सञ्चालक अधिकारीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद तथा जरिमाना सजाय हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ फागुन २०७६ मा अधिकारीसहित ८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेकोमा तीन जनाले सफाइ पाएका तथा पाँच जनामाथि दोषी ठहर भएको विशेष अदालतले जनाएको छ । अख्तियारले अधिकारीमाथि उन्नत जातको ११८.४६० मेट्रिक टन मकैको बिउ खरिद नै नगरी…

Read More

वियल राई निर्देशित चलचित्र ‘द वेष्ट पर्शन’ झापाकाे राजगड स्थित एभरेस्ट डिजिटल सिनेमा हलमा प्रदर्शन गरिएकाे छ । तुलसी मिश्रकाे लेखन तथा निर्माणमा वियल राईकाे निर्देशन उत्कृष्ट रहेकाे छ । उक्त चलचित्रले सामाजिक कुरितिलाई नाङ्गाे बनाईदिएकाे छ । मुख्यतया युवा पुस्ताले छुटाउन नहुने कथावस्तु रहेकाे चलचित्रमा चार वटा कथा रहेका छन । कथा चारवटा भएकै कारण पनि चलचित्रमा मुख्य कलाकार धेरै रहेका छन । चलचित्रले समाजमा घटित लागुपदार्थ, दाईजाे प्रथा, बलात्कार र प्रेम वियाेगकाे पीडा तथा दुरुत्साहन विरुद्द ठाडाे प्रहार गरेकै कारण पनि युवा, वालवालिका, वयस्क तथा वृद्दवृद्धामा गहिराे छाप छाेड्न सफल भएकाे कुरा चलचित्र हेर्न आएका झापा क्षेत्र नम्बर…

Read More

सन्तोष शर्मा कनकाई, १५ चैत । झापाको कनकाई नगरपालिका नगर क्षेत्रमा भवन संहिता पालनामा लागि परेको छ । नगर क्षेत्रमा मापदण्ड अनुसारको घर, भवन लगायतका संरचना निर्माण गर्ने गराउने उद्देश्यका साथ नगरपालिका भवन संहिता पूर्ण कार्यान्वयन गराउन लागि परेको हो । गत चैत ७ गते कार्यपालिकाको बैठकबाट नगर क्षेत्रमा रहेका नयाँ तथा पुराना घर नक्सा पासका लागि केही महत्वपूर्ण निर्णय गरिएको नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । मेयर पोखरेल “घर र भवनहरु सर्वसाधारणको दैनिकीसँग जोडिएको कुरा हो”, उहाँले भन्नुभयो, “त्यसलाई सुरक्षित र भरपर्दो बनाउन जरुरी छ, सरकारले भवन संहिता जारी गरेको छ, त्यसको कार्यान्वयन र नगर क्षेत्रमा घर–भवन निर्माणलाई व्यवस्थित…

Read More

 बिर्तामोड, १६ चैत । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले गरेका थिए । प्रमुख अतिथि भण्डारीले डिजिटल प्रविधिबाट महासंघ झापाको वेबसाइट (fnjjhapa.org.np)लाई सार्वजनिक गरे । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वेबसाइट डिजाइन गर्ने कफि कोडेर्स प्रा.लि.का सञ्चालक सुमन सापकोटाले त्यसका फिचरका बारेमा जानकारी गराएका थिए । महासंघ झापा शाखाले इ–पुस्तकसहित सदस्यहरुको विवरण, महासंघका गतिविधि र आवश्यक दस्तावेज वेबसाइट मार्फत सार्वजनिक गरेको छ…

Read More

झापा, १६ चैत । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधवारको पहिलो बैठकमा सो सहमति भएको हो । सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि खुला हुनेछ । संयन्त्रको बैठक बुधवार बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको…

Read More

झापा, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ । कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो । शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेकाको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंकको भनाइ छ । विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत,…

Read More

झापा, १६ चैत । ‘प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए । यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’ पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले…

Read More

झापा, १६ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिए। देशभर दुई हजार ३७…

Read More