
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्। देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’ २५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन्। ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन्। मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन्। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्।…
पोखरा, १५ चैत्र । तमु ह्युल छोंज धींको गुरुङ राष्ट्रिय परिषदको तेह्रौं केन्द्रिय पार्षदसभा पोखरामा हुने भएको छ । “तमू (गुरुङ) भाषालाई सरकारी कामकाजको भाषा घोषणा हाम्रो आव्हान ! तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान !” भन्ने मुल नारा सहित आगामि चत्रै १८ र १९ गते तेह्रौं केन्द्रिय पार्षदसभा पोखरामा हुने बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पार्षदसभामा देशभरिका विभिन्न जिल्ला तथा प्रदेश समितिहरु, विशेष सदस्य संगठनहरु, आबद्ध तमू संघसंस्थाहरुबाट र संस्थाका संरक्षक परिषद, केन्द्रीय सल्लाहकारहरु, निर्देशन तथा अनुगमन समिति सदस्यहरु गरि करिब छ सय जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न गर्ने तयारी पुरा भइसकेको…
भद्रपुर, १५ चैत । झापाको मेचीनगरस्थित मेचीपुलबाट प्रहरीले लागुऔषधिसहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले हिजो बेलुका मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई युवालाई पक्राउ गरेको हो । मे १० प ३८०७ नम्बरको स्कुटी चालक शिवसताक्षी–१ का २४ वर्षीय प्रजन्त राई र स्कुटी पछाडी सवार बाँके नेपालगञ्ज–६ घर भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्दै आएका २१ वर्षीय शोहन भडेललाई शंका लागि चेकजाँच गर्दा स्कुटीको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ चार ग्राम फेला परेकाले उनीहरुलाई स्कुटीसहित नियन्त्रणमा…
ताप्लेजुङ, १५ चैत । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । रासस
झापा, १५ चैत । ‘हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं ,’ बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो । ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, ‘तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ । ‘जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोग’पोलिसिस्टिक ओभारियन सिन्ड्रोमछ । यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन् । प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शुक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो। जेनिफरको समस्याभन्दा…
झापा, १५ चैत । प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् । नौ जना विद्यार्थीको समूहमा रहेका चैतन्य माध्यमिक विद्यालय बनेपाका विद्यार्थी सङ्गीता मैनाली भने विज्ञानको विद्यार्थी नभएर व्यवस्थापनको विद्यार्थी हुन् । अध्ययन र अनुसन्धान गर्न इच्छाशक्ति नै मुख्य कुरा रहेको प्रमाणित मैनालीले गरिरहेकी छिन् । सो कार्यमा छ जना इन्जिनियरले समेत काम गरिरहेका छन् ।…
झापा, १५ चैत । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ । मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो । गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको…
झापा, १५ चैत । सरकारले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् । विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु(याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत…
बिर्तामोड, १४ चैत । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले ‘मिसन ग्रासरुट’ अभियानलाई मसिनो ढंगले अघि बढाएको बताउनु भएको छ । उहाँले पार्टीले जनतासंग जोडिने र जनताले जनप्रतिनिधिसंग जोडिने गरी अभियानलाई अघि बढाएको बताउनु भयो । बिर्तामोडमा फागुन १६ गते सम्पन्न नगर कमिटीको विस्तारित बैठक पछि मिसन ग्रासरुट अभियान तिव्रताकासाथ अगाडी बढीरहेको छ । अभियानमा बिर्तामोडका १० वटैै वडाका टोल टोलमा पुगेर विभिन्न भेला, बैठक तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । नगर कमिटी अध्यक्ष भट्टराईले बिर्तामोडका सबै वडाहरुमा फोकल पर्सन तोकेर अभियानलाई सक्रियताकासाथ अगाडी बढाएको बताउनु भयो । उहाँले सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र टोलस्तरीय प्रशिक्षण…
बिर्तामोड, १४ चैत । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको बिर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम मिना विश्वकर्मा निर्वाचित हुनुभएको छ । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।