झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० फागुन । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ । पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका नाम तथा सम्पर्क नम्बर उल्लेख गरिएका बोर्ड देखिन्छन् । टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा भुण्ड्याउँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने पाथीभरा क्षेत्रका होटल व्यवसायी बताउँछन् । धातुजन्य किला गाड्दा कतिपय बोटबिरुवा चाँडै मर्छन् भने कतिपय हुर्कनबाट बञ्चित हुने स्थानीय इन्द्रनारायण भट्टराईले…

Read More

चन्द्र बस्नेतकनकाई, ३० फागुन । झापाको कनकाई नगरपालिकाले यतिबेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ। नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखि ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । यसै अन्तर्गत सोमबार कनकाई–१ मा निःशुल्क स्वास्थ्य बिमाको सुरुवात कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको समेत बताउनुभएको छ। उहाँले नगरका सबै जसोवडामा अहिले आधारभूत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरबासीलाई सहज…

Read More

भद्रपुर, ३० फागुन । रोटरी क्लब अफ भद्रपुरले आफ्नो तेश्रो क्लव एसम्व्ली सम्पन्न गरेको छ । भद्रपुर स्थित होटल उडल्याण्डमा सोमवार आयोजित कार्यक्रममा क्लवले गरेका विविध गतिविधिहरुको वारेमा चर्चा गरीएको हो । क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षता तथा ए जि राधिका गुरुड्गको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा रोटरीयनहरु दिपेश ढकाल, राजकुमार पोखरेल, निरज पराजुली, प्रदिप सरावगी, अजय साहेवालाले आ आफ्नो विषयगत प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थीत सवैलाइ भोट फर थ्याड्गस पाष्ट प्रेसिडेन्ट विगत ओझाले दिनुभएको थियो । चार्टर प्रेसिडेन्ट किशोर पराजुलीको विषेश आतित्थ्य रहेको कार्यक्रममा स्वागत विनोद चापागाइले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सेक्रेटरी पवन श्रेष्ठले गर्नुभएको थियो ।

Read More

झापा, ३० फागुन । उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गरिन् । राष्ट्रियसभाका सदस्य समेत रहनुभएका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’ उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । आज मंगलबार बस्ने १० दलीय सत्ता गठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत…

Read More

झापा, ३० फागुन । बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन्। ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ। उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको व्यवस्था गरेको छ। ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकबापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन्। राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ। उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन्। राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर…

Read More

ताप्लेजजुङ, ३० फागुन । चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पु¥याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार…

Read More

झापा, २९ फागुन । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका–६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपालभरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर–२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय…

Read More

झापा, २९ फागुन । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय रामकुमार लिम्बु रहेका छन् । हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका लिम्बुको कानुनि प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो । उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन्…

Read More