
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ माघ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेलको प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य पठाउने गरेको छ।
झापा, २ माघ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । रासस
बिर्तामोड, २ माघ । संघीय लिम्बूवान मञ्च नेपालको स्वयम् सेवक दस्ता लिम्बुवान भोलेन्टियर्स (एलभी) ले १६ बुँदे कार्ययोजना पारित गरेको छ । लिम्बुवान भोलेन्टियर्सको गत पुस २२ र २३ गते धरानमा सम्पन्न केन्द्रीय भेलाले १६ बुँदे कार्ययोजना पारित गरेको हो । एलभीले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चार वर्षे कार्ययोजना सार्वजनिक गरेको हो । एलभीका केन्द्रीय कमाण्डर एवम् मञ्चका उपाध्यक्ष थाङसाङ लावतीले पहिचानको आधारमा १०+१ प्रान्तहरु स्थापना गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनीतिक मुल एजेण्डा भएको बताउनुभयो । त्यस्तै, आइतबार यती एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति लिम्बुवान भोलेन्टियर्सले शोक व्यक्त गरेको छ । लिम्बुवान भोलेन्टियर्सले थोत्रा जहाज…
भद्रपुर, २ माघ । झापाका चर्चित फुटवल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा जिल्ला स्तरीय फुटवल प्रतियोगिता माघ ७ गतेबाट सञ्चालन हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले खेल तयारी बारे जानकारी दिँदै पत्रकारसित गरेको अन्र्तक्रियामा दिइएको जानकारी अनुसार माघ १४ गते समापन हुने खेलमा झापाका ८ वटा टोलीले प्रतिष्पर्धामा भाग लिने छन् । आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीका अनुसार खेल सम्पन्न गर्न ७ लाख २६ हजार खर्च हुने छ । जसमा प्रथम हुने टिमले ट्रफी सहित नगद १ लाख ५१ हजार, दोश्रो हुनेले ७५…
झापा, २ माघ । झापामा तरुल उत्सव मनाइएको छ । माघे संक्रान्तिको अवसरमा आइतबार मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आयोजना गरेको तरुल उत्सव मनाइएको हो । नेपालमै ‘पहिलो पटक’ तरुल उत्सव आयोजना गरिएको आयोजकको दाबी छ । तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खानेकुराको प्रयोग बढाउने उद्देश्यका साथ उत्सव सञ्चालन गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । उत्सव संचालनका लागि मेचीनगर नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, कृषि ज्ञान केन्द्र भद्रपुर र महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टाले सहयोग गरेको छ । ‘स्वास्थ्य जीवनको आधार मौलिक तथा जैविक आहारविहार’ भन्ने नाराका साथ बाहुण्डाँगी बजारमा सञ्चालन भएको तरुल उत्सवको उद्घाटन झापा…
झापा, २ माघ । यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
कनकाई, २ माघ । झापाको कनकाईमा बसको ठक्करबाट एक युवाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका–१ गरमकाली पेट्रोल पम्प अगाडि आइतबार बेलुका यात्रुवाहक बसको ठक्करबाट कनकाई–६ का ४४ वर्षीय केशव नेपालको मृत्यु भएको हो । माइमेलाबाट फर्कने क्रममा प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
विराटनगर । सुनसरीको बराहक्षेत्र ८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात् गिद्धको रेस्टुरेन्ट सञ्चालित छ । उक्त रेस्टुरेन्टमा गिद्धलाई नियमित चारो दिइन्छ । गिद्धको चारो व्यवस्थापनकै लागि त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी गाई पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरू उक्त रेस्टुरेन्टमा ल्याएर निःशुल्क दिने गरेको स्थानीय योगेश खतिवडा बताउँछन् । एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्याउँछ । सोही कारण विश्वमा गिद्ध संरक्षण गर्न ठूलो लगानी खर्च पनि भइरहेको छ । सुनसरीको बराहक्षेत्र–८ मा रहेको रेस्टुरेन्टमा झण्डै १२० भन्दा…
झापा, १ माघ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार…
झापा, १ माघ । झापाको कनकाई नदीमा आज बिहानैदेखि मकर स्नान गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मकर स्नान गर्न र मेला भर्न झापा, मोरङ, सुनसरी लगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको हो । कनकाई नदीको दुवै किनारमा माई भव्य मेला समेत लागेको छ । मेलामा विभिन्न खेल तसामासँगै जुवाजन्य खेलहरु खेलाइँदैछ ।