झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फ्लोरिडा । चर्चित अमेरिकी रक ब्यान्ड लिनर्ड स्कीनर्डका अन्तिम संस्थापकको निधन भएको छ । गिटारिस्ट ग्यारी रोसिङटनको ७१ वर्षको उमेरमा निधन भएको हो । उनी ब्यान्डको सबै एल्बमका हिस्सा थिए भने उनले सन् १९७४ को लोकप्रिय गीत ‘स्वीट होम आलाबामा’ को सह–लेखन गरेका थिए । सन् १९७७ मा भएको विमान दुर्घटनामा ब्यान्डका धेरै सदस्यले ज्यान गुमाउँदा उनी भने बाँचेका थिए । पछिल्लो समय मुटुको समस्या देखिएका रोसिङटनले गत फेब्रुअरी महिनासम्म स्टेजमा कार्यक्रम गरेका थिए । ब्यान्डको फेसबुक पेजमा उनको मृत्यु भएको पुष्टि गरिएको छ । यद्यपि, उनको मृत्युको कारण भने खुलाइएको छैन । रोसिङटनले सन् २०२१ मा मुटुको शल्यक्रिया गरेका…

Read More

झापा, २२ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई हराएको छ । आज भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

Read More

शिवसताक्षी, २२ फागुन । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ । आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब विजेता भएको हो । तरहरा भेट्रानले ४–१ गोल अन्तरले हराउँदै तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको च्यापियन बनेको हो । खेलको पहिलो हाफको १९ औ मिनेटमा तरहरा भेट्रानको तर्फबाट जर्सी नं. १० का सन्तोष राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औं मिनेटमा दुधे भेट्रानका तर्फबाट जर्सी नं. ९ का भिष्म खरेल (विनोद)ले गोल गरेपछि खेल बराबरीमा रहयो । दोस्रो हाफको १ मिनेट मै तरहराका तर्फबाट जर्सी नं.…

Read More

सन्तोष शर्माभद्रपुर, २२ फागुन । झापाको हल्दिबारी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सीसी क्यामेरा ‘एप्स’ सञ्चालनमा ल्याएको छ । उक्त एप्सको झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । उहाँले सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य भएको बताउनुभयो । उहाँले प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता रहेको समेत औंल्याउनुभयो । गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । एप्सको माध्यमबाट प्रविधिको प्रयोग गरेर अनलाइनबाटै विद्यालय अनुगमन हुने उहाँले बताउनुभयो । “एप्सबाट अभिभावकले आफ्ना…

Read More

सन्तोष शर्माभद्रपुर, २२ फागुन । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षण खेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई स्थानमा र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती शुरु गरेका छौं”, उहाँले भन्नुभयो, “परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।” अहिलेकै अवस्था हुने हो भने कृषकले धान खेती गर्न छाड्ने उहाँको भनाइ छ…

Read More

झापा, २२ फागुन । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताइन्। साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र…

Read More

झापा, २२ फागुन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो । २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित…

Read More

झापा, २२ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७९२० बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ। यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही…

Read More

झापा, २२ फागुन । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ । राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ । संविधानबमोजिम उपराष्ट्रपति…

Read More

झापा, २२ फागुन । सरकारले ४ वर्ष अघि श्रम सम्झौता गरेका जापान र मरिससमा अझै पनि श्रमिक जान पाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेपछि ती मुलुकमा जान कहिले पाइन्छ भन्दै ठूलो संख्याका युवायुवती सोधखोजका लागि आइरहेको वैदेशिक रोजगार विभागले बताएको छ । जापान र मरिसस नेपालीले रुचाएका गन्तव्य हुन् । ती मुलुकमा रोजगारी गर्न पाए पारिश्रमिक राम्रो पाइने धेरैको अपेक्षा छ । श्रम मन्त्रालयले भने श्रम सम्झौता भए पनि प्राविधिक विषयमा छलफल भइरहेकाले ती देशमा श्रमिक आपूर्ति गर्ने विषयमा टुंगो लाग्न नसकेको बताउँदै आएको छ । ‘श्रम सम्झौता भए पनि कतिपय विषयमा छलफल र…

Read More