झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ फागुन । नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ। राष्ट्रिय पार्टी नभएको र पछिल्लोपटक एमालेले दलको मान्यता दिएर पार्टी एकीकरणसहित राष्ट्रपतिमा गरेको प्रस्तावलाई अस्वीकार गर्दा मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति हुनबाट उनी चुकेको भनिए पनि एमालेसँग विश्वस्त हुन नसक्दा उनी राष्ट्रपतिको प्रस्तावबाट पछि हटेका हुन्। एमालेका केही सांसदले मत हाल्दैनन् भन्ने सूचनालाई आधार मानेर उनले राष्ट्रपतिको प्रस्तावलाई पन्छाएका हुन्। जानकारहरूका अनुसार शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा राष्ट्रिय…

Read More

झापा, १४ फागुन । सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो मानिएको एक अध्ययनले देखाएको छ। ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि बढेसँगै संसारभरी नै डढेलोको घटना बढेको देखाउँछ। उक्त अध्ययन त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ताइवान, जर्मनी र अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसँग मिलेर गरेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२१ मा ६ हजार ५३७ वटा डढेलोको घटना भएका थिए। त्यतिबेला काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एकयूआई) को मात्रा ६३२ थियो। जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)…

Read More

झापा, १४ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ । चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो । विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत विभिन्न विमान कम्पनीले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृति लिँदा नै कडाइ गर्न लागेको उहाँले बताउनुभयो…

Read More

झापा, १४ फागुन । नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ । भारतले कृषि उपजको निर्यातमा कडाइ गरेको र केही वस्तुको आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषि वस्तुको आयात र निर्यात दुवै घटेको जानकारी दिए । ठूलो मात्रामा आयात घट्नुको कारणबारे मन्त्रालयले छुट्टै अध्ययन गरिसकेको नभए पनि भारतले कृषि उपजको निर्यातमा गरेको कडाइका कारण र केही वस्तुको आन्तरिक उत्पादन विगतको तुलनामा बढेको हुनाले आयात घटेको उनले दाबी…

Read More

झापा, १३ फागुन । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर सञ्चालन गर्ने भएको छ । स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको काठमाडौं वल्र्ड स्कूलका अध्यक्ष इ.डा.मिथलेसकुमार झाले बताए । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर अन्तर्गत झापाको बिर्तामोडमा फागुन १९ गते शुक्रबार, २० गते धरान र २१ गते बिराटनगरमा अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्धनबारे शैक्षिक अन्तक्रिया गरिने उनले बताए । गुणस्तरीय शिक्षाको खोजिमा विदेशीने विद्यार्थीलाई लक्षित गरी स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधारसहितको काठमाडौं वल्ड स्कूल स्थापना गरिएको बताउँदै अध्यक्ष झाले उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने आफूहरुको उद्देश्य…

Read More

भद्रपुर, १३ फागुन । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् । विराटनगरमा आज भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको विर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित भेलाको १ नं प्रादेशिक स्वास्थ्य तालिम केन्द्र धनकुटाका निर्देशक रोहितकुमार पाण्डेले उद्घाटन गरेका थिए । भेलाले सचिवमा ओमनारायण यादव र कोषाध्यक्षमा विनिता दवाडीलाई चयन गरेको छ भने सदस्यमा नवराज प्रधान र आदित्य…

Read More

भद्रपुर, १३ फागुन । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको थियो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए । जितसँगै आर्मीले…

Read More

भद्रपुर, १३ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ं झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान विगतका सहमती कार्यान्वयनका लागि झापा प्याब्सनसित घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ । माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठकले अघिल्लो कार्यकालमा भएका सहमती कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्वसित घनिभूत छलफल गरी संस्थागत विद्यालयका शिक्षक कर्मचारीको अधिकार स्थापित गर्न सशक्त रूपमा अगाडि बढ्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक भट्टराइको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले कोरोना कालको ५ महिनाको तलव भुक्तानी गर्ने सहमतीबाट संस्थागत विद्यालय सञ्चालक पछि हटेको कारण…

Read More

सुरुङ्गा, १३ फागुन । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् । संगठनको झापाको कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा शनिवार (आज) भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ । प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व…

Read More

दानावारी (इलाम), १३ फागुन । माइ नगरपालिका–४ दानावारी इलामका एउटै परिवारका दुई सदस्य जटिल रोगका कारण थलिएका छन् । उपचार खर्च नभएपछि रोग लुकाएर आँसु बगाउँदै बस्नुपर्ने बाध्यता उनीहरुलाई छ । कन्तविजोग अवस्थाबाट उनीहरुको दैनिकी गुज्रिदैँछ । स्थानीय कमलादेवी नेपाल अन्ननलीमा ट्युमर भएपछि समस्यामा छिन् । ६८ वर्षीया नेपालले उपचार गराउन नखोजेकी होइनन् । तर, पैसा नभएपछि उनी घरमै बस्न विवश छिन् । ७१ वर्षीय उनका श्रीमान् तारानाथ नेपालसँग पनि उपचार खर्च जुटाउने कुनै उपाय छैन् । ‘यो विपदले हामी निमुखालाई पहिरोको पीडामा आगलागी जस्तो भएको छ’, तारानाथले भने । नेपाल परिवारले आफन्त, छरछिमेकी र मनकारीबाट थोरै भए पनि सहयोगको…

Read More