
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पाँचथर, १३ फागुन । पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो । परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा हिजो दिउँसो अन्दाजी ४ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ । आगलागीको कारण…
धनकुटा, १३ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क । बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भने, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि…
भद्रपुर, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो । सडनडेथमा एपिएफले बंगलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ…
शिवसताक्षी, १२ फागुन । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार प्रदान गरेको थियो । सम्मानित हुनेहरुमा अधिकृत छैटौ योजना शाखाका प्रकाश रन्जितकार, वडा नं. ७ का वडासचिव धनराज इम्बुङ्ग, वडा नं. ८ को आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत एचए सोनी लिम्बु, वडा नं. ५ मा कार्यरत कार्यालय सहयोगी भुटलाल ताजपुरिया, फोहोर मैला व्यवस्थापनका सवारी चालक…
बिर्तामोड, १२ फागुन । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ ले दुई जना विपन्न महिलालाई ठेला प्रदान गरेको छ । विपन्न रोजगार कार्यक्रम अन्तगरत रू ३५ हजार पर्ने दुई वटा ठेला प्रदान गरिएको बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । आज एक कार्यक्रमका बीच स्थानीयबासी लक्ष्मी राजवंशी र गोमादेवी पोखरेल गौतमलाई ठेला हस्तान्तरण गरिएको छ । वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तरगत अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । वडाबाट ठेला पाएपछि आफूलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताउनुभयो । “श्रीमान बितेपछि परिवार पाल्न सकस परिरहेको छ”, उहाँले भन्नुभयो, “अब यसमा चना–चटपटे, झालमुरी लगायतको व्यवसाय…
सन्तोष शर्माबनियानी, १२ फागुन । झापा कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढेपाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बिऊ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती शुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताउनुभयो । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कट्ठा जग्गा वार्षिक रू एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उहाँको बताउनुभयो । पहिलो वर्ष ६० हजार केजी बेसार उत्पादन भएको उहाँले बताउनुभयो । “पहिलो वर्ष राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “यस…
झापा, १२ फागुन । सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो । एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा अन्य कुनै व्यवस्था गरेर कार्यालय खोल्ने तयारी छ । सरकारले अत्यावश्यक कार्यालय कुनकुन हुन् भनेर सूची तयार गर्नेछ । सार्वजनिक बिदाका दिन राहदानी विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय, खुला राख्ने सरकारको तयारी हो । ‘सार्वजनिक बिदा…
झापा, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् । बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका थिए । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको…
झापा, १२ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।