
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ चैत । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । आज बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा वालविकास देखि कक्षा ५ सम्मका विधार्थीहरुको विद्यालय पोषाक हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोषाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेकाकारण पोषाक वितरण कार्यक्रम ल्याएको बताउनु भयो । उहांले यस कार्यक्रमले अभिभावकलाई सहज हुनका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकुल वातावरण बन्ने बताउनु भयो । नगरप्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने…
झापा, १ चैत । झापाको दमक नगरपालिका–१ बाट ठूलो परिमाणमा ब्राउनसुगरसहित श्रीमान–श्रीमती पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–१ मा लागुऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–७ का २३ वर्षीय रविन कटुवाल र उनको श्रीमती २१ वर्षीया अनिता बिकलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी, सोही दिन मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारेसँगै…
झापा, १ चैत । झापाको मेचीनगर नगरपालिका–४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाइते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १ चैत । अभिनेत्री वर्षा सिवाकोटीका पूर्व पति आशिष गेललले अर्को बिवाह गरेका छन् । वर्षा र आशिषले बिवाह भएको १० महिना नबित्दै सम्बन्धबिच्छेद गरेका हुन् । उनीहरूले गत बैशाख नौ गते बिवाह गरेका थिए । वर्षासँग सम्बन्धबिच्छेद लगत्तै आशिषले झापाकी समिक्षा विमलीसँग बिवाह गरेका हुन् । वर्षाले हालसम्म सन्बन्धबिच्छेदकाबारेमा मुख खोलेकी छैनन् ।
झापा, १ चैत । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो । घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले थप एक एक गोल गरेर सिटीलाइ यो लिगकै सानदार जीत निकाले । योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा…
झापा, १ चैत । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी…
झापा, १ चैत । यस वर्षको मनसुनअघिको याम सुरु भएको छ । पूर्वमनसुन भनेर पनि चिनिने यस यामले नेपालमा मनसुन भिœयाउने वातावरण बनाउँछ । यससँगै नेपालमा परेको १० वर्षयताकै लामो खडेरी अन्त्य भएको छ । यसपालि गत असोजयता फागुनको मध्यमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षाले केही दिनको अन्तरालमा निरन्तरता दिएको छ । यस वर्ष सुरुवातमै हल्कादेखि मध्यम वर्षा हुन थालेकाले मनसुनका लागि राम्रो सङ्केत गरेको छ तर यसको निरन्तरता सन्तोषजनक नरहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । तथापि वर्तमान अवस्थामा मनसुनपूर्वको वर्षाले हिउँदमा नभएको वर्षाको तुलनामा राहत प्रदान गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
झापा, १ चैत । झापाको मेचीनगरबाट प्रहरीले काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–२ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे १ त ६३१९ नं. को ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लाँदै गरेको कदम र सिरिस जातको करिब १६० क्युफिट गोलिया काठ फेला परेकोले चालक सोही स्थानका २२ वर्षीय सर्बन राईलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १ चैत । हालैका महीनामा भारतमा थोक महंगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित मुद्रास्फीति सूचकांक ९डब्ल्यूपीआई० फेब्रुअरीमा ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ । उक्त अवधिमा उक्त सूचक ४ प्रतिशत रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए । कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारीसाधन आदिको भाउमा आएको कमीका कारण डब्ल्यूपीआई अपेक्षा गरिएभन्दा धेरै घटेको बताइएको छ ।…
झापा, ३० फागुन । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी झापाले मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष विमल निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै मलखादमा भएको मूल्य वृद्धि तत्काल खारेजीको माग गर्दै अनुगमनलाई प्रभावकारी बनाउन तथा भारतबाट भित्रिँदै गरेका विषादीयुक्त र गुणस्तरहीन कृषि उपजको प्रवेशमा रोक लगाउन माग गरेको हुन् । ‘एकातर्फ कृषि उत्पादनमा महँगी बढिरहेको छ, अर्कोतर्फ उत्पादित कृषि बस्तु लागत बढी भएका कारण उचित बजार मूल्य पाउन सकेको छैन । कृषकले कृषि पेशशामा रहेर जीवन निर्वाह गर्न सक्ने सम्भावना अत्यन्तै कमजोर तथा जटिल बन्दै गएको छ’, विज्ञप्तिमा भनिएको छ ।