
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० फागुन । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे) मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । “सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।” उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताइन् । सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताइन्। खानाको परिकारमा गुन्द्रुकको…
कनकाई, १९ फागुन । झापाको कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा सालबारी महिला फुटबल क्लबलाई पराजित गर्दै दमक महिला फुटबल क्लवले जीत हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिन आज सुक्रबार पारिजात महिला फुटबल क्लव सालबारी र दमक महिला फुबल क्लव विच भएको प्रतिस्पर्धामा दमक ३—० गोलको अन्तरले विजयी बनेको हो । विजेता बनेको दमककालागी क्रमशः खेलको २७ औं मिनटमा अम्बिका लिम्बुले, २९औं मिनटमा विष्णु लिम्बुले र ३६ औं मिनटमा सन्जु तामाङले गोल गरेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिनुभयो ।खेलको प्लेयर अफ द म्याच विजयी टिमकी सन्जु तामाङ घोषित भइन । भोलि शनिबारको खेल…
ताप्लेजुङ, १९ फागुन । धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् । हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् । मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् । ‘विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर…
झापा, १९ फागुन । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा VCTS लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका(१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड ४ स्थित मेघाबारी टोलमा बहुउद्देश्यीय लक्ष्य राखेर श्रीमद् भावगत महापुराणको आयोजना गरिएको छ । पुराणबाट संकलित रकमबाट कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने मुख्य उद्देश्य राखिएको छ । प्रस्तुत छ–फागुन २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने पुराणको लक्ष्य, उद्देश्य र तयारीका विषयमा केन्द्रीत रहेर पुराण आयोजक मुल समितिका संयोजक भीमा शिवाकोटीसंग गरिएको कुराकानीको सारसंक्षेप ः सामुहिक पुराणको खास उद्देश्य के हो ?कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने नै मुख्य उद्देश्य राखेका छौं । कर्मयोग भनेको के हो ? र किन आवश्यक भयो ?कर्मयोग भनेपछि खास गरी जन्मदेखि मृत्यु पर्यन्त गरिने काम…
बिर्तामोड, १९ फागुन । झापाको बिर्तामोडमा काठमाडौं वल्र्ड स्कूलले आज अन्तरक्रिया गरेको छ । स्कूलले ‘नेपाल टुर’ अन्तरगत झापाको बिर्तामोडमा सरोकारवालासँग अन्तरक्रिया गरेको हो । अन्तर्राष्टिस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालनमा आएको स्कूलले अभिभावकसँगै सरोकारवालाहरुलाई स्कूलको विविध पक्षबारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको स्कूलका व्यवस्थापन समिति अध्यक्ष डा. मिथिलेशकुमार झाले जानकारी दिनुभयो । आफ्ना सन्ततीको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकहरुले ठूलो रकम शिक्षा क्षेत्रमा खर्चिरहेको र उक्त रकम विदेशी स्कूलहरुमा गइरहेको उहाँले बताउनुभयो । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिएर अभिभावकलाई सन्तुष्टि बनाउन आफूहरु लागि परेको उहाँको भनाइ छ । सोही क्रममा देशका विभिन्न स्थानमा प्रचारात्मक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।…
झापा, १९ फागुन । मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो दिउँसो पथरी शनिश्चरे–५ का अनिश आचार्यको अढाई वर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ । यता, भोजपुरको षडानन्द नगरपालिका–१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । हिजो दिउँसो स्थानीय भक्तबहादुर भुजेलको…
भद्रपुर, १९ फागुन । नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन् । पार्टी नेतृत्व स्वच्छारी र विचार सून्य गतिमा चलेको आरोप लगाउँदै श्रेष्ठले केही अग्रज कार्यकर्ता सहित पार्टी परित्यागको घोषणा गरेकी हुन् । चन्द्रगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपसचिव श्रेष्ठले १८ बुँदे आरोप लगाउँदै झापामा एमाले छोड्ने लहर चल्ने समेत दावी गरेकी छिन् । उनले तीन दशक लामो कम्युनिस्ट यात्रा अव स्वतन्त्र वाम भएर अगाडि बढ्ने समेत स्पष्ट पारेकी छिन् । नेतृ श्रेष्ठले नेकपा एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा…
हल्दिबारी, १९ फागुन । हल्दिबारी गाउँपालिका–२ काली मन्दिर की महिला एक सातादेखि बेपत्ता भएकी छ्न् । स्थानीय शुक्रबहादुर तामाङकी श्रीमती २३ वर्षीया नरमाया तामाङ आफ्नी तीन वर्षीया छोरीलाई समेत छोडेर बेपत्ता भएको परिवारजनले बताएका छ्न् । उनका श्रीमान् एक वर्षदेखि बिरामी अवस्थामा रहेका छ्न् भने घरमा ८० वर्ष नाघिसकेका सासुससुरा रहेका छन् । उनी सम्पर्कविहीन भएको श्रीमान् तामाङले बताए । उनको खोजी गरिदिन परिवारले स्थानीय प्रहरी चौकीमा जाहेरी समेत दिएका छ्न् । कसैले उनलाई देखेमा 9864347439/ 9848813147 मोबाइल नम्बरमा खवर गरिदिन समेत उनका आफन्तजनले अपिल गरेका छ्न् ।
झापा, १९ फागुन । प्रदेश नं. १ सरकारले मकै खेती प्रबद्र्धनका लागि झापामा रू ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रति हेक्टर रू १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकै खेती प्रबद्र्धन अन्तरगत सरकारले मान्यता दिएका बीऊ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फर्म, कृषि समूह, कृषकले अनुदान पाउने छन्…