
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १६ फागुन । झापामा नेकपा माओवादी केन्द्रको संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु भएको छ । हिजो एक कार्यक्रमका बीच पार्टीकी केन्द्रीय सदस्य धर्मशिला चापागाईंले अभियानको शुभारभ्म गर्नुभयो । मुलुक माओवादी केन्द्रको एजेण्डाबाट अगाडि बढिरहे पनि संगठन निर्माणको हिसाबले कमजोर बन्दै गएको ठहर गर्दै पार्टी संगठन सुदृढीकरणतर्फ लागेको छ । कार्यक्रमका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी) ले संगठन सुदृढ गर्दै लैजाने, पुराना सबै बामपन्थी पार्टीहरुलाई ध्रुविकरण गर्दै लैजाने दिशामा पार्टी अगाडी बढेको बताए । जनता नै पार्टी निर्माणको मुल आधार रहेकाले जनसम्बन्ध विस्तारलाई तीब्रता दिइएको उनले जानकारी दिए । पार्टीले जनवर्गीय…
झापा, १६ फागुन । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए । पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका…
बिर्तामोड, १५ फागुन । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । नगरपालिकाको आज आयोजित दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनकी सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसंगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले राख्नु भएको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् । अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९÷८०का लागि स्विकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९÷८०को लागि स्विकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो । अधिवेशनमा वडा…
भद्रपुर, १५ फागुन । झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दाबी गरेका छन् । भोलि हुने फाइनल खेलको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि आ–आफ्नो पोल्टामा पार्न कुनै कसर बाँकी नराख्ने दाबी गरेका हुन् । फुटबल लिगको अन्तिम खेलसमेत भएकोले लिगको तयारीका लागि दुबै टिम तयार रहेको दावी दुबै टिमले गरेको छ । आर्मीका टिम कोच राजु तामाङले आर्मीलाई झापाको भुमि सधै अनुकुल नतिजाका लागि तयार रहेको भन्दै बिजयी ट्रफि लिएर मात्रै लिग खेल्न जाने बताउँनुभयो । आफ्नो अर्को टिम काठमाण्डौमा केपी ओली कप खेलिरहेको भन्दै केहि महत्वपुर्ण खेलाडीहरु…
बिर्तामोड, १५ फागुन । झापाको अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । फाउण्डेशनको प्राङ्गणमा आज विविध कार्यक्रमका साथ १६ औं वार्षिकोत्सव सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले पानसमा बत्ति बालेर वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोम्देनले बालबालिकालाई अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्नेमा दिनुभयो । “विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा गराउनु पर्छ”, उहाँले भन्नुभयो, “विदेशमा खेलाडी र कलाकारको धेरै इज्जत र मान छ, धेरै पैसा कमाउनेमा उनीहरु नै पर्छन् ।” किताबी ज्ञानसँगै विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले नगर क्षेत्रमा सामुदायिक…
झापा, १५ फागुन । घरेलु कामदारको रूपमा १० वर्षअघि साउदी अरब पुगेकी झापाकी ४३ वर्षीया टंकमाया आङ्बो चार महिना दूतावासको सेल्टरमा बसेर फागुन १० मा नेपाल आइपुगेकी छन् । २०१० मा कुवेतमा घरेलु काम गर्न गएकी उनी रोजगारदाताबाटै दुई वर्षपछि साउदी पठाइएकी थिइन् । साउदीको आवासीय अनुमति (भिसा) नभएकाले स्वदेश फर्किन नसकेकी उनी रोजगारदाता परिवर्तन गर्दै बसिरहेकी थिइन् । छोराको मृत्यु भएका कारण स्वदेश फर्किनुपरेपछि उनी चार महिनाअघि साउदीको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा पुगेकी थिइन् । ‘सामान्य अवस्था भइदिएको भएम नेपाल जाने थिइनँ, मेरो छोरोको मृत्यु भएको एक वर्षभित्र पुग्नुपर्ने भएकाले जान लगेको हुँ, मेरो श्रीमान्ले दोस्रो विवाह गरिसकेको छ,…
भद्रपुर, १५ फागुन । मानव तस्करी तथा लागूपदार्थ ओसारपसार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती क्षेत्र गलगलियामा अन्तरक्रिया सम्पन्न भएको छ । एविसी नेपाल, साना हातहरु, विश्व सेवा, सशस्त्र प्रहरी सीमा सुरक्षाबल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो । छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन नियन्त्रण जटिल भएको निष्कर्ष निकाल्दै दुवै देशका सरोकारवालाहरुबीच आपसी समन्वय भए असंभव भने नभएको सहभागीहरुले बताएका छन् । नेपालतर्फबाट मानव बेचविखन, ओसार–पसार, लागूऔषध दुव्र्यसन न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भद्रपुर नगरपालिकाका उपप्रमुख, नेपाल–भारत मैत्री संघका प्रतिनिधि…
झापा, १५ फागुन । बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ। पूर्वी पहाडमा पनि पानी परेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार काठमाडौंमा ५ मिलिमिटर वर्षा मापन भएको छ। पोखरेलको अनुसार हुन त यो हिउँदको सिजन होइन। मार्च महिनाबाट मात्रै प्रिमनसुन सुरु हुन्थ्यो। तर, हालको क्रियाकलाप प्रिमनसुनको जस्तो भएको उनले बताए। ‘हिउँदको वर्षामा चट्याङ पर्दैन। प्रिमनसुनदेखि मात्रै चट्याङ सुरु हुने भएकाले आइतबारको वर्षा हिउँदको जस्तो छैन,’ उनले भने ‘त्यसैगरी सामान्यभन्दा तापक्रम पनि बढी…
झापा, १५ फागुन । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ । एमाले सचिव पद्मा अर्यालले भने, ‘हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक…
झापा, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका विकास निर्माण र योजनामा व्यापक अनियमितता भएको ठहर गर्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वार्डका वडा अध्यक्ष, उपभोक्ता समिति र अनुगमन समितिका गरी २९ जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको हो । यसैगरी गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिवलगायत तीन जनाविरुद्ध आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारका अनुसार डोल्पा, ठूलीभेरी…