
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स ९युएई० सँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी९पीएनजी०लाई पराजित गरेको थियो । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ ।
झापा, २८ फागुन । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै थप ३ अंक जोडन सफल भएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो, तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।
झापा, २८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन् । देशभरका विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ । नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी विभिन्न १६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको बताइएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध…
झापा, २८ फागुन । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी ९नेसपा० र प्रभु साह नेतृत्वको आम आदमी पार्टीसमेत सामेल भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न शनिबार बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । योसँगै गठबन्धनमा संसदीय र संसद् बाहिरका गरी १० दल पुगेका छन् । बाबुराम भट्टराईको…
झापा, २८ फागुन । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ। भौगोलिक अवस्थितिका कारण चट्याङको दृष्टिले संसारकै तीन उच्च जोखिमयुक्त क्षेत्रमध्ये नेपाल पनि पर्छ। चट्याङका घटना प्राकृतिक विपद्मा पर्ने भए पनि यसबाट जोगिन अपनाउनुपर्ने सावधानीमा ध्यान…
झापा, २८ फागुन । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु ?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किए। केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै सङ्कलन गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन…
विराटनगर, २७ फागुन । जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् । बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच लाख रकम प्रदान गरेको छ । भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर कोइरालाले आगामी आर्थिक बर्षमा महानगरले थप आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘जमरकटेल बन्धुहरु एकताबद्ध भएर सामुदायिक भवन बनाउँन जुट्नुभएको छ, यो एकदमै राम्रो कुरा हो,’ मेयर कोइरालाले भने, ‘सामुदायिक भवनका लागि यसपटक थोरै मात्र…
झापा, २७ फागुन । नायक अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका हुन् । ‘मलाई थाहा छ, मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ, मैले उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु ।’ छड्के २ अनमोलको नवौं फिल्म हो । उनले आफ्नो दशौं फिल्ममा दर्शकलाई निराश नबनाउने बाचा समेत गरेका छन् ।
मोरङ, २७ फागुन । मोरङको विराटनगर महानगरपालिका–६ स्थितबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१५ का ३१ वर्षीय धर्मानन्द साह रहेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, विभिन्न बैंकहरुको चेक, एटीएम कार्ड, भौचर तथा को २९ प ९७३९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि मोरङ जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, २७ फागुन । कोशी प्रदेश खारेजीको माग गर्दै विभिन्न झापासहित पूर्वमा सडक संघर्षका कार्यक्रम शुरु भएको छ । मुलुक संघीयतामा गएसंगै बनेको प्रदेशिक संरचना मध्ये प्रदेश १ को नामाकरण लामो समयसम्म हुन सेको थिएन । तर, गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राके जुलुस प्रर्दशन गरेका हुन् । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति…