झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २० फागुन । होलीफिल्ड इङ्लिस स्कुलको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा विज्ञान तथा कला प्रदर्शनी सम्पन्न भएको छ। शिक्षा ,स्वास्थ्य ,संस्कार : समृद्ध समाजको पहिलो आधार विद्यालयको नारा रहेको होलीफिल्डले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भूमिप्रसाद राजवंशी तथा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । ओम साई अस्पतालका विशेषज्ञ डाक्टरहरुको टोलिले उक्त शिविरमा ३५० जनलाई निशुल्क चेकजाँच तथा औषधि वितरण गरेको विद्यालयका अध्यक्ष शुक्रराज लिम्बू किरणले बताउनुभयो । प्रत्येक वर्ष सामाजिक गतिविधि गर्दै आएको होलिफिल्डले शिक्षा ,स्वास्थ र संस्कारलाई महत्त्वका साथ अगाडि बडाउदै दक्षिण झापाका अति बिपन्न समुदाय भएको…

Read More

कनकाई, २० फागुन । समाजसेवी शेरबहादुर थापा र कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने सम्मानित हुनुभएको छ । राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आयोजनामा राजवंशी समुदायको धर्म संस्कार सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन कन्काई–९ घैलाडुब्बा, कोच संग्रहालय भवन टेकनारायण बारीमा आयोजित विशेष कार्यक्रमका बीच थापा र न्यौपानेलाई सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सम्मान गर्नुभएको हो । संस्थाका उपाध्यक्ष बद्रीनारायण राजवंशीको अध्यक्षता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष अभय राजवंशीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । उनले राजवंशी समाजका धार्मिक तथा साँस्कृतिक मूल्य र मान्यताहरु जीवित…

Read More

झापा, २० फागुन । संघीय लिम्बुवान पार्टी, नेपालले षडयन्त्रपूर्वक ढंगले प्रदेश नं. १ को नामाङकन प्रदेश सभाबाट पारित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले लिम्बूवानी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई अपहरण एवं हत्या गर्दै प्रतिगामी, निरंकुश, सामन्ती एकात्मक, केन्द्रीकृत तथा एकल जातिय नश्लीय औपनिवेशिक राज्य व्यवस्था चित्रित हुनेगरी भूगोलको आधारमा कथित कोशी प्रदेशको नामाकरण भएकोप्रति आपत्ति जनाएको हो । संघीय लिम्बूवान पार्टी, नेपालले नामकरणको बिषयलाई लिएर गम्भीर ध्यानाकर्षणको साथै उक्त कदमप्रति घोर भत्सना गर्दै विरोध गरेको छ । पार्टीका अध्यक्ष सन्जुहाङ पालुवाले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश १ को नाम कोशी पारित गरेकोप्रति आपत्ति जनाएका छन्…

Read More

झापा, २० फागुन । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही निक्षेप पुनः सदस्य माझ नै लगानीमा रहेकोले यस्तो ऋणलाई जोखिममा पार्ने गरी गतिविधि गर्ने वित्तीय अराजक समूहलाई राज्यले दण्डित गर्न ढिला भइसकेको जनाउँदै कारबाहीको समेत माग गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालको संयुक्त हस्ताक्षरमा आज जारी प्रेस विज्ञप्तीमा यस्तो आव्हान गरिएको हो । विज्ञप्तीमा हाल समाजमा सहकारीको ऋण नतिर्ने गरी अराजक गतिविधि बढेकोले यस्ता गतिविधि गर्ने…

Read More

बिर्तामोड, २० फागुन । उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५ औं अधिवेशन तथा ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उप्रेती समाजको बिर्तामोडमा शनिबार भएको पाँचौ अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नयाँ कार्यसमितिकोको उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा चन्द्रमोहन उप्रेती, सह–सचिवमा निर्मल उप्रेती, कोषाध्यक्षमा रामप्रसाद उप्रेती सर्व सम्मत् चयन भएका छन् । त्यस्तै सदस्यमा बिष्णु उप्रेती, यशोदा उप्रेती, कमला उप्रेती, नारायण उप्रेती, राजेश उप्रेती, टिका उप्रेती, मिनप्रकाश उप्रेती, सूर्य उप्रेती, हरि उप्रेती, जर्नादन उप्रेती, देबिका उप्रेती,…

Read More

कमै मात्र मानिसहरु सानै उमेरमा प्रसिद्धी हासिल गर्न सक्दछन् । पिक्सी कर्टिस यस्तै भाग्यमानी मानिसमा पर्दछिन् जसले ११ वर्षकै उमेरमा मासिक डेढ लाख रुपैयाँ भन्दा धेरै रकम कमाउँछिन् । रोचक त के भने छोटो समयमै करोडौँ आम्दानी गरिसकेकी कर्टिसले यति सानो उमेरमै आयआर्जनको पेशाबाट अवकाश लिँदैछिन् । यी करोडपति बालिकासँग आफ्नै मर्सिडिज कार छ । पिक्सी आफ्नै एउटा कम्पनी चलाउँछिन् जसको नाम Pixie’s Pix हो । यो एउटा अनलाइन कम्पनी हो । यो कम्पनीले एक प्रकारको हेयर बो, हेडब्याण्ड बिक्री गर्दछ । पिक्सीका लागि उनकी आमा रोक्सी ज्याकेन्कोले व्यवसाय सुरुवात गरिदिएकी थिइन् । रोक्सी पनि आफैंमा एकजना व्यवसायी महिला हुन्…

Read More

झापा, २० फागुन । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। कुल ६८ करोड सात लाख ६६ हजार रुपियाँमा निर्माण थालिएको जिल्लाको राप्तीसोनारी–३, नारायणपुर चोकदेखि वडा नम्बर ६, कुण्डा चोकसम्मको २१ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे गरेको २४ घण्टा नबित्दै भत्किएको हो। कालोपत्रे सुरु गरेको भोलिपल्टै पक्की राजमार्ग भत्किएपछि स्थानीय बासिन्दाले सोको विरोध गर्दै निर्माण कम्पनी र सरकारी पक्षलाई सचेत गराएका थिए। सो सडक कालोपत्रे गर्दा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले एक दिनमै कालोपत्रे भत्किएर ठाउँठाउँमा खाल्टाखुल्टी देखिएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको…

Read More

झापा, २० फागुन । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको छ । अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ । संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो । गत पुस २५ देखि अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधिसभाले गति लिन नसक्ने भएका कारण संसद् प्रभावहीन हुन थालेको संसद्का…

Read More

झापा, २० फागुन । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ। काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको जानकारी दिए। नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिँदै उनले तीमध्ये १० हजार ८० जनाले विशेषज्ञ डाक्टरका रूपमा उपाधि प्राप्त गरेको बताए। विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला…

Read More

झापा, २० फागुन । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने व्यवस्था गरेको हो । विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ । यस कामको नियमित…

Read More