
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २१ फागुन । झापाको बिर्तामोडमा डेल्फी स्कीन क्लिनिक सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले क्लिनिकको उद्घाटन गर्नुभयो । उहाँले नगरमै छालासम्बन्धी उपचारका लागि क्लिनिक सञ्चालनमा आउनु सुखद भएको बताउनुभयो । उहाँले बिरामीलाई सर्वसुलभ र गुणस्तरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । क्लिनिकबाट छालासम्बन्धी सम्पूर्ण रोगको उपचार हुने क्लिनिककी डा. रिती आचार्यले जनाकारी दिनुभयो । “यहाँबाट ओपीडीसहित समान्य सेवा प्रवाह हुन्छ”, उहाँले भन्नुभयो, “थप उपचारका लागि दमकको अस्पतालमा पठाउँछौं ।” बिर्तामोडमा क्लिनिक सञ्चालनमा आएसँगै अब अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । दमकस्थित डेल्फी स्कीन केयर अस्पतालमा नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ, बंगाल लगायतका…
पथरी, २१ फागुन । गर्मी बढे संगै आग्लागीको जोखिम बढ्न थालेको छ । धेरै जसो आग्लागी केटाकेटीका कारणले हुने गरेको छ । केटाकेटीका कारणले मोरङको पथरी शनिश्चरेका २ स्थानमा आग्लागी भएको छ । दुई स्थानमै केटाकेटीहरु खेल्ने क्रममा आग्लागी भएको स्थानीयले बताएका छन । पथरी शनिश्चरे नगरपालिका वडा नं। ४ र ७ मा आग्लागी भएको हो । पथरी शनिश्चरे ४ मा दिलमाया लिम्बु र ७ मा जयबहादुर तामाङको परालको माचमा आग्लागी भएको हो । आग्लागीबाट लिम्बुको २ विघा खेतको पराल जलेर नष्ट भएको छ । भने तामाङको १५ कठ्ठाको पराल जलेर नष्ट भएको छ । आग्लागीबाट १ बर्ष गाई बस्तुलाई…
बिर्तामोड, २१ फागुन । झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजमा डेरा गरी बस्ने शिवसताक्षी–९ का २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर–१२ का २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ–४ की १९ वर्षीया तिलु राईलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २१ फागुन । अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ । निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ । आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम मिलान गरेर मात्र…
भद्रपुर, २१ फागुन । झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको यो दोस्रो कार्यकाल हुनेछ । भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यस वर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर संघको नयाँ कार्यसमिति चयन गरिएको हो । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित समारोहले सर्वसम्मत चयन गरेको कार्यसमितिको उपाध्यक्षमा विनय गोयल, सचिवमा मुकेश मित्रुका, सहसचिवमा गोपाल साहेवाला र कोषाध्यक्षमा दिलीप वंशल रहेका छन् भने पुष्कर अग्रवाल, भाष्कर शर्मा, निर्मलकुमार अग्रवाल, दिवाकर शर्मा, सन्दीप अग्रवाल, जितेन्द्र शर्मा, अविनाश नाहाटा, महावीर मित्रुका र मोहित…
झापा, २१ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा। पशुपति अधिकारीले विद्यार्थी संगठनबीच निरन्तर झडप भएकोले लमजुङ कृषिमा क्याम्पसमा निर्वाचनको कार्यक्रम स्थगित भएको जानकारी दिए । आयुर्वेद क्याम्पमा तालाबन्दी भएकोले हाललाई कार्यक्रम स्थगित गरिएको छ । दुवै क्याम्पसले स्थगित भएको ३० दिनभित्रमा पुनः निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ । त्रिविले ३ दिनअघि कुलपति एवं प्रधनमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको थियो । प्रम दाहालको पछिल्लो निर्देशनअनुसार त्रिविले निर्वाचनलाई पूर्ण…
झापा, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित आठ दलीय गठबन्धनका सांसदको अभिमुखीकरण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार तुरुन्तै हुने बताएका थिए। त्यस दिन जे भने पनि उनी राष्ट्रपतिको निर्वाचन कुरिरहेका छन्। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तारका लागि निर्वाचन आयोगले स्वीकृति दिने तयारी गरे पनि प्रधानमन्त्री दाहालले सरकार पुनर्गठन त्यसअगाडि नहुने संकेत गरेका छन्। उनले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिन खोजेका छन्। जहिले मन्त्रिपरिषद पुनर्गठन गरे पनि दाहालसामु दलहरूलाई कसरी समेट्ने भन्ने…
झापा, २१ फागुन । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो । ३१ औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२…
झापा, २१ फागुन । तत्कालीन अर्थमन्त्री डा। बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन गरे। गोरखामा पनि २०६५ सालमा साबिक ५९ गाविसमा सहकारी गठन भएका थिए। माओवादी कार्यकर्ता मात्र आबद्ध ती संस्थामध्ये पाँचवटा बाहेक अरू डुबे। गोरखामा विभिन्न वर्गका गरी ५ सय ३३ वटा सहकारी रहेको देखिन्छ। पालिकामा ४ सय ७५ र गण्डकी प्रदेशको सहकारी विभागमा दर्ता भएका ५६ वटा। सहकारीको मूल्यमान्यताअनुसार २ सय ८२ वटा मात्रै अस्तित्वमा छन्। २ सय ५१ वटा अस्तित्वमा छैनन्। ‘विभागमा ५६ सहकारी दर्ता…
झापा, २० फागुन । कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले शहीदलाई सम्मान गरेको छ । शहीद सप्ताहको अवसरमा आज झापाको बिर्तामोडस्थि गौरीशंकर स्मृति प्रतिष्ठानमा ‘शहीद सम्मान कार्यक्रम’को आयोजना गरी जनयुद्धका क्रममा सहादत प्राप्त शहीदलाई सम्मान गरेको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शहीद परिवारका सदस्यलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । मन्त्री मोदीले झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा र सप्तरीको आधा भूभाग मिलाएर कोचिला राज्य घोषणा गर्नुपर्ने जोड दिनुभयो । उहाँले कोचिला समुदायलाई यस मुद्दामा एक भएर अगाडि बढ्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा शहीद तथा बेपत्ता चतुरमान राजवंशी, शहीद शम्भू राजवंशी, सुनिल राजवंशी, टोपलाल राजवंशी, टिकाराम मेचे,…