झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० फागुन । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भनेका छन्, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।” यो भाषा र संस्कृतिको कुरा हो, जसको कुनै सिमाना हुँदैन । विश्वमा बोलिँदै आएका सात हजार भाषा छन् । नेपालमा मात्र १३१ भाषा बोल्छिन् । स्थानीय भाषा र संस्कृति त्यो मुलुकको अमूर्त सम्पत्ति हो, जुन अहरणीय हुन्छ । मातृभाषाको संरक्षण गर्नका लागि मङ्गलबार ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइएको छ । यस पटक नेपालमा शाब्दिक प्रवचनभन्दा पनि रङ्गीबिरङ्गी चित्रले मातृभाषा बोले । नेपालको भाषिक–सांस्कृतिक विविधताजस्तै कलाकारका कुचीले अनेक रङमा क्यानभास रङ्गाए । नेपाल ललितकला…

Read More

झापा, १० फागुन । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका…

Read More

झापा, १० फागुन । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो । केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार…

Read More

झापा, ९ फागुन । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका–५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे।६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड–५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका–४ का ३५ वर्षीय पूर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र…

Read More

मोरङ, ९ फागुन । मोरङको बिराटनगर महानगरपालिका–१९ की २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका–७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन । यही फागुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको भन्ने खवर प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटि प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न…

Read More

भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रमक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन भन्दाबढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन । सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरनुप¥यो । आयोजक भद्रपुर…

Read More

भद्रपुर, ९ फागुन । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको तेस्रो खेल हुँदैछ । आज २ बजेदेखि हुने पहिलो क्वाटर फाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्स र संकटाले प्रतिस्पर्धा गर्नेछन् । आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Read More

झापा, ९ फागुन । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन् । अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भने, “एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले…

Read More

झापा, ९ फागुन । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सयवटा स्टलहरु राखिएका छन् । जसमा नेपालमा उत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाईएका बिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो…

Read More

भद्रपुर, ९ फागुन । झापाको भद्रपुर नगरपालिकाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । सोमबार बेलुका अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ मेचीपुलमा भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प ६२ नं. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा चालक बिर्तामोड–५ का २९ वर्षिय सुरज कुंवर र पछाडी सवार सोही स्थानका ३४ वर्षीय सुरेश श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त मोटरसाइकलको बाँया साइडको इन्डिकेटर भित्र लुकाई राखेको प्रतिबन्धि लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम २२ मिलिग्राम फेला परेकाले मोटरसाइकलसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान…

Read More