
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ माघ । झापामा छ महिनाको अवधिमा रू एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा स्थायी र चालू गरी रू एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पँुजी भएको ५०५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका कूल उद्योगमध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । त्यस्तै, दर्ता भएका उद्योगमा उत्पादनमूलक ७९ वटा र सेवामूलक २०४ वटा रहेको…
झापा, २१ माघ । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए नभएको परीक्षण गरिएको रहेछ”, ब्यूरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने। उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो…
झापा, २१ माघ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो। “यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो। यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी…
झापा, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा रहेको देखिन्छ । गृह मन्त्रालयको विवाद सिर्जना र त्यसैकारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धन फुटको प्रस्थानबिन्दु पुगेको छ । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विरुद्धमा बोल्न नपाई, बोले स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए पनि पछिल्लो समय सत्तारूढ दलकै सांसदहरू वाद प्रतिवादमा उत्रिनुले सत्तासमीकरण बदलिनेमा समेत त्यसको प्रभाव पर्ने निश्चित रहेको छ । नागरिकता विवादका कारण आफ्नो सबै पद गुमाएका र दोहोरो राहदानीको…
एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोनस दिनका लागि अनौठो तरिका अपनाएको छ । कार्यालयमा पार्टीको क्रममा कम्पनीका व्यवस्थापकहरुले स्टेजमा नोटको ठूलो थुप्रो नै बनाए । नोटको त्यो पहाडबाट पटक पटक रकमका बिटा निकालेर कर्मचारीहरुलाई वितरण गरे । यो मन नै लोभ्याउने घटनाको भिडियो सार्वजनिक भएको छ, जुन चिनियाँ सोसल मिडियाहरुमा भाइरल बनिरहेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको हेनान प्रान्तको हो । त्यहाँस्थित क्रेन निर्माता कम्पनी हेनान माइनले आफ्ना कर्मचारीलाई ६ करोड १० लाख युआन अर्थात् १ अर्ब १५ करोड रुपैयाँ बोनस बाँडेको छ । कर्मचारीलाई बोनस वितरणका लागि लागि कार्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो…
कनकाई, २० माघ । झापाको कनकाईमा पालिकास्तरीय १३ औं राष्ट्रपती रनिङशिल्ड छनोट खेलकुद प्रतियोगिता हुने भएको छ । कनकाई नगर खेलकुद विकास समिति र कनकाई शिक्षा शाखाको आयोजनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कनकाई नगरको छनोट प्रतियोगिता आगामी माघ २३ देखि २६ गतेसम्म सञ्चालन गरिने नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत कबड्डी, एथलेटिक्स, भलिबल, टेवल टेनिस र मार्सल आर्ट विधामा आयोजना हुने भएको हो । यसैबीच, प्रतियोगितामा नगरभरिका सामुदायिक र संस्थागत विद्यालयलाई सहभागिता जनाउन आयोजकले अनुरोध गरेको छ । कनकाई नगरभरिका सामुदायिक र संस्थागत विद्यालयबाट सहभागिता रहने उक्त प्रतियोगिता कनकाई माविको खेल मैदान,…
झापा, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् । ‘मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भने, ‘यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’…
झापा, २० माघ । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो । रासस
झापा, २० माघ । नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजेललेनै अभिनय गरेका छन् । उनको नृत्य पनि गीतमा पर्फेक्ट देखिएको छ । सरोज प्याकुरेलको कन्सेप्टमा तयार भएको भिडियोमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छाँयाङ्कन र दिन्सन साहको सम्पादन तथा…
झापा, २० माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा आज निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सञ्चालन गरिएको छ । कनकाई नगरपालिकाको समन्वयमा कनकाई–१ स्थित दलित सामुदायिक भवनमा केन्द्रले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा स्वास्थ्य परीक्षणसँगै निःशुल्क इसीजी, फिजियोथेरापी, ल्याब, पञ्चकर्म सेवा प्रदान गरिएको केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो । शिविरमा ग्याष्ट्रिक, वाथ, मधुमेह, दम, खोकी, पायल्स, पिनास, महिला तथा मुत्र लगायतका रोगको परीक्षण गर्नुका साथै ३५ प्रकारका औषधि निःशुल्क वितरण गरिएको कविराज निरीक्षक अर्यालले बताउनुभयो । शिविरमा डा. सुरज पन्त, डा. अनिल यादव, फिजियोथेरापिष्ट डा.सिकेन्द्र मरिक लगायतको टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य…