
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ माघ । फ्रेन्च लिग वान फुटबलमा प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो । लियोनल मेस्सीले खेलमा गोल गरेपछि पीएसजीले खेलमा पुनरागमन गरेको हो । पीएसजीको घरेलु मैदानमा टुलुसले सुरुवाती अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा हाकिम अच्राफीले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए । जितसँगै पीएसजीले २२ खेलमा ५४ अंक जोडेर तालिकाको…
झापा, २२ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ । प्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र पाइलटले १ दिनमा जहाज उडाउन पाउने अवधि घटाएको छ । यही माघ १ गते निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएसँगै हवाई यातायातको सुरक्षाबारे चासो बढेको छ । प्राधिकरणले उक्त दुर्घटनापछि सुरक्षालाई थप भरपर्दो बनाउन नयाँ निर्णय गरिएको जानकारी दिएको छ । प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको पनि बताएको छ । शुक्रवार निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणले सुगम (स्टल)…
झापा, २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । नेकपा (माओवादी केन्द्र) की नेतृसमेत रहेकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिइन् । लामो समयसम्म नेकपा…
झापा, २२ माघ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । उनले भने, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।” मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याए । उनले भने, “म कतार आएको सात वर्ष भयो।…
बिर्तामोड, २१ माघ । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधवार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरेसंगै शव घर नजिकैको खाल्डोमा लुकाएर राखेकोमा शनिवार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । साविक उदयपुरको साविक रामपुर–२ घर भएका उनी केही समयदेखि अर्जुनधारा बस्दै आएका थिए ।
भद्रपुर, २१ माघ । झापा भद्रपुरका पत्रकार रोहित काफ्लेलाई भ्रातृ शोक परेको छ । उहाँको साहिलो दाजुको आज साँझ ७ बजेतिर भद्रपुरस्थित निजी निवासमा निधन भएको छ । क्यान्सर रोगबाट थलिनु भएका साइला दाइ प्रकाश काफ्लेको ४९ बर्षको उमेरमा निधन भएको हो । उहाँको पार्थिव शरीरको भोलि बिहान १० बजे भद्रपुर–७ स्थित देउनिया घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बिर्तामोड, २१ माघ । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पत्रकारको पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले व्यवस्थित र सुरक्षित पत्रकार र पत्रकारिताको पक्षमा प्रदेश सरकार रहेको बताउनुभयो । “उपचार नपाएर पत्रकार मर्नुपर्ने अवस्था आउने छैन”, उहाँले भन्नुभयो, “कानून नै निर्माण गरेर व्यवस्थित सञ्चार प्रतिष्ठान निर्माण गर्छौं, जसको सुरुवात पनि भइसकेको छ ।” मर्यादित र व्यवस्थित सञ्चार प्रतिष्ठान निर्माणको काम थालिएको उहाँको भनाइ छ । जनताको भावनालाई सम्बोधन गर्ने गरी काम नभएकाले पछिल्लो समय प्रदेश सरकारको आलोचना भइरहेको उहाँले बताउनुभयो ।…
झापा, २१ माघ । दाताको सहयोगमा निर्माणाधीन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र बिर्तामोडमा थप अर्को भवन निर्माण हुने पक्का भएको छ। शनिबार दाता परिवारकाले दुई तले भवको शिलान्यास गरेसँगै सुविधा सम्पन्न अर्को भवन बन्ने पक्का भएको हो। कोरोना संक्रमणका कारण दुई वर्ष अघि निधन भएका बिर्तामोड नगरपालिका (३ का समाजसेवी पर्शुराम सिटौला श्रीमती पुण्यवती र छोरा शैलेन्द्र सिटौलाले सो भवनको शिलान्यास गरेका हुन् । पर्शुरामको दोस्रो वार्षिक स्मृतिको दिन भवन शिलान्यास गरिएको हो। भवन निर्माणमा ४५ लाख रुपैयाँ बढी लाग्ने जनाइएको छ। भवन शिलान्यासकै दिन दाता परिवारले १० लाख रुपैयाँ हस्तान्तरण गरेको केन्द्रका व्यवस्थापक नारायण आचार्यले बताए । भवन…
काँकरभिट्टा, २१ माघ । झापाको काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजले विविध कार्यक्रमका साथ आफ्नो तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । होटलले आगामी माघ २६ गतदेखि २८ गतेसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । होटल परिसरमा आज आयोजित पत्रकार भेटघाटमा होटलका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले विभिन्न आरोह–अवरोहका बीच होटलले तीन वर्ष पूरा गरेको बताउनुभयो । “सुदूरपूर्व झापाको काँकरभिट्टामा स्थापना भएको होटल हिकोला तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको सुनाउन पाउँदा अत्यन्तै खुसी लागेको छ”, प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो, “हाम्रा आगन्तुक, अतिथि पाहुनाहरुको माया र सद्भावका कारण हामी सफल भएका हौं ।” उहाँले सबैको साथ र सहयोगबाट होलट क्रमशः…
बिर्तामोड, २१ माघ । प्रेस चौतारी नेपाल झापाको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्रप्रसाद पाठकलाई अभिनन्दनसहित अग्रज पत्रकारलाई सम्मान गरिएको छ । बिर्तामोडमा आज चौतारीले अग्रज पत्रकारहरु नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द क्षेत्री, केशव आचार्यलाई सम्मान गरेको हो । त्यस्तै स्व माया पकुवाललाई मरणोप्रान्त सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । स्वागत चौतारी झापाका सचिव प्रकाश पौडेलले गरेको कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट गोविन्दचन्द क्षेत्री, प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज गणेश पोखरेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना…