झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ माघ । छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो । गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि…

Read More

भद्रपुर, ७ माघ । झापाको भद्रपुर नगरपालिका–७ स्थित गार्मेन्ट चोकबाट प्रहरीले मैदा बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा आज बिहान ११ः४० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर–७ गार्मेन्ट चोकबाट ३१ हजार ५०० सय रुपैयाँ बराबरको ७ बोरा (३५० केजी) मैदा नियन्त्रणमा लिएको हो । बरामद मैदा भद्रपुर भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

भद्रपुर, ७ माघ । भद्रपुर झापा गोल्डकपको तयारी तीव्र पारिएको छ । फागुन ७ गतेदेखि शुरु हुने गोल्डपको मिति नजिकिएसँगै तयारी तीव्र पारिएको हो । गोल्डकपका लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भद्रपुर झापा गोल्डकपका महासचिव तथा निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने छ । गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि झण्डै एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । आयोजक टिम भद्रपुर ११ मा नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने श्रेष्ठको भनाइ छ । यस्तै…

Read More

बिर्तामोड, ७ माघ । कम्बोडियामा आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको आज अन्त्येष्टि गरिएको छ । कनकाई माई आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । कम्बोडियाको पोइपेट शहरको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते आगलागीमा परी ज्यान गुमाएका पाण्डेको शव बिर्तामोड आएपछि अन्त्येष्टि गरिएको हो । क्यासिनोमा आगलागी हुँदा होटलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हाम फाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाई भएको थियो । छोरा निराकारको शव नेपाल ल्याउन सहयोग गर्ने सबैलाई मृतकका पिता अग्नि पाण्डेले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन्…

Read More

विराटनगर, ७ माघ । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए । कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार…

Read More

भद्रपुर, ७ माघ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौं अधिवेशनबाट होमराज खतिवडा र राजु वराल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । चार वर्षे कार्यकालका लागि गठित समितिको पहिलो दुई वर्ष खतिवडाको नेतृत्व रहने छ भने पछिल्लो दुई वर्ष वराल अध्यक्ष रहने गरी समिति गठन भएको हो । यसैगरी समितिको बरिष्ठ उपाध्यक्षमा युवराज दाहाल महिला उपाध्यक्षमा रमा ढुंगाना, उपाध्यक्षहरूमा क्रमशः घनश्याम अर्याल, टंक अधिकारी, विकास अधिकारी र लक्ष्मीशरण अधिकारी निर्विरोध चयन भएका हुन् । यस्तै सचिव द्रोण अधिकारी, रेवत खनाल र पदम गजुरेल, सहसचिवमा क्रमशः दीपक खड्का, सञ्जीव कार्की, दिपेन्द्र यादव र चन्द्रमणि खरेल, कोषध्यक्षमा लक्ष्मी सुवेदी र सहकोषध्यक्षमा…

Read More

झापा, ७ माघ । इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद राना काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुख चुनिएकी हुन् । ५२ वर्षीया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो । रानामगर मङ्सिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन् । कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन् । उनी हाल त्यस्तै दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन् । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।

Read More

धुलाबारी, ७ माघ  । मे‌चीनगर‌का व्यवसायीहरुको‌ छाता संगठन मे‌ची उद्यो‌ग वाणिज्य संघको‌ निर्वाचन मिति नजिकिएसँगै‌ र‌ाजनीतिक दलहरु उम्मे‌दवार‌ छान्ने‌ कसर‌तमा व्यस्त छन् । विशे‌षगर‌ी ने‌पाली कांग्रे‌स र‌ ने‌कपा एमाले‌ पार्टी वाणिज्य संघको‌ ने‌तृत्वमा कसलाई लै‌जाने‌ भन्ने‌ विषयमा छलफलमा के‌न्द्रित छन् । अहिले‌सम्म ने‌पाली कांग्रे‌सबाट किशो‌र‌ (कपिल) क्षे‌त्रीको‌ नाम अगाडि र‌हे‌को‌ छ भने‌ एमाले‌ले‌ लगभग अध्यक्षको‌ उम्मे‌द्वार‌ खे‌म प्रसाईंलाई बनाउने‌ सहमति गरि‌सके‌को‌ बुझिएको‌ छ । यद्यपि पार्टीले‌ आधिकारि‌क अध्यक्षको‌ उम्मे‌दवार‌ घो‌षणा गरि‌सके‌को‌ छै‌न । मे‌चीनगर‌का उद्यो‌ग÷व्यवसायलाई स्थायित्व प्रदान गर्न, व्यवसायीको‌ शान्ति सुर‌क्षा कायम गर्न तथा धुलाबार‌ी बजार‌को‌ शाखलाई जो‌गाउने‌ लगायतका थुप्रै‌ समस्यालाई सम्बो‌धन गर्नुपनेर्‌ दे‌खिन्छ । चुनावका बे‌ला गै‌र‌ व्यवसायीलाई र‌ो‌क्न तथा वास्तविक व्यवसायीको‌ हकहितका लागि…

Read More

झापा, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्। तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो। त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो। यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले अन्नपूर्ण पोस्ट्सँग उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै…

Read More

काठमाडौँ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए । डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ। ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन्। अघिल्लो दिनसम्म २५ जनाको…

Read More