
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ माघ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु(याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत ग्रेड दिनुपर्ने, निजामती र अन्य कर्मचारीबीच नमिलेका मर्यादाक्रम मिलाउनुपर्ने, अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई अतिरिक्त समय भनिए पनि पूरा समय काम गर्नुपर्ने भएकाले पूर्ण कालको सेवासुविधा दिनुपर्ने, प्राथमिक शिक्षकभन्दा निमावि शिक्षकको तलब बढी हुनुपर्ने र संवैधानिक आयोगका पदाधिकारीले कानुनमा उल्लेख भएअनुसारकै सेवा सुविधा पाउनुपर्नेलगायतका सुझाव आयोगमा…
विकास रेग्मी प्रेम आचार्य दाइतिमीले गरेका प्रयासतिमीले गरेका संघर्षतिमीले भोगेका पीडातिमीले सहेका दुःखअनिपाएको शून्य प्रतिफलजे छ, उस्तै छकथा फरक होलाव्यथा उस्तै छतिमी एउटा पात्र हौतिमी जस्ता कैयौं छन्म पनि छुऊ पनि छहामी सबै छौंकिनकि यो दलाल पुँजीवादको विश्व होयहाँ निम्न वर्गका सपनाहरुपिल्सिन्छन्मध्यम वर्गका चाहनाहरुमारिन्छन्तिमी र हामीहरुलाईडिप्रेसनका औषधि खुवाएरमुस्कुराइरहन्छएउटा वर्गदाइ तिमी जलेका होइनौजलाइएको होतिमी मरेका होइनौमारिएको होसिंहदरबार र संसद भवनकागेटहरुलाई चिता बनाएरमलामी बनिरहेकाशासकका विरुद्धयो तिम्रो विद्रोह होदाइ तिमी जस्तैहामी पनि लाचार छौंहामी पनि मजबुर छौंतर यति होहामी मर्न सकेका छैनौंतर मरिरहेका छौं….(इलाम)
कनकाई, ११ माघ । माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘मीठो मीठो’ सार्वजनिक भएको छ । युग भुसालको संगीत तथा निर्देशक समेत रहेका कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरभ दास र देवाञ्जली जोशीको स्वर रहेकोे छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु जितु नेपाल र साम्राज्ञी शाह फिचर्डमा देख्न सकिन्छ। मर्मस्पर्शी गीतले फिल्मका प्रमुख चरित्रबीच सम्बन्ध स्थापनामा मुख्य भूमिका खेलेको छ । फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको पनि अभिनय रहेकोे छ । रेखा थापा विशेष भूमिकामा देख्न सकिन्छ । चिकित्सक समेत…
भद्रपुर, ११ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरेका थिए । आज गोल्ड कपको सचिवालयमा भद्रपुर नगरपालिकाभित्र रहेका सरकारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुसँग भएको छलफलमा अध्यक्ष ढकालले विद्यार्थीको प्रवेशबारे प्रतिबद्धता जनाए । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए । भद्रपुर नगरपालिकामा सबै तहका गरेर…
झापा, ११ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको छ । त्यस्तै विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा पुरस्कार कलाकार तथा पूर्व प्राज्ञ पवन राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी टेलिभिजनमा कार्यरत सिर्जना घिमिरेलाई प्रदान गर्ने छनौट समितिको निर्णयलाई बैठकले अनुमोदन गरेको छ । पुरस्कारको राशी जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए । त्यसैगरी यसैवर्षदेखि स्थापना गरिएको फरक…
मोरङ, ११ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित भित्री सडकमा टिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमानै मृत्यु भएको थियो । टिफर र टिफर चालक मोरङ केराबारी गाँउपालिका १० बस्ने ३५ बर्षीय राजकुमार लिम्बु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, ११ माघ । झापाको सिमावर्ती क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरि निकासी गरी नेपाल भित्र्याउदै गरेको र भारततर्फ लैजाँदै गरेको अवस्थामा किराना लगायत ढाकाको विभिन्न प्रकारका कपडा फेला पारी प्रहरीले बरामद गरेको छ । हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–७ धनकुटेली बस्ती स्थितबाट अन्दाजी ५० हजार र ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१० स्थितबाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको हो भने इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–६ स्थितबाट ५० हजार बराबरको बिभिन्न प्रकारका ढाकाको…
झापा, ११ माघ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए । रातोपाटीबाट
भद्रपुर, ११ माघ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष दिपेश ढकालल जानकारी दिए । भद्रपुर झापा गोल्ड कप यही फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा हुँदैछ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, सचिवालय सदस्य घनश्याम अधिकारी, नेकपा…
झापा, ११ माघ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा प्रेमी–प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी मृत अवस्थामा भेटिएको झापाका एसपी दुर्गा रेग्मीले बताए । एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको एसपी रेग्मीले बताए । उनले भने– ‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्दै छौँ ।’ माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।