
विकास रेग्मी
प्रेम आचार्य दाइ
तिमीले गरेका प्रयास
तिमीले गरेका संघर्ष
तिमीले भोगेका पीडा
तिमीले सहेका दुःख
अनि
पाएको शून्य प्रतिफल
जे छ, उस्तै छ
कथा फरक होला
व्यथा उस्तै छ
तिमी एउटा पात्र हौ
तिमी जस्ता कैयौं छन्
म पनि छु
ऊ पनि छ
हामी सबै छौं
किनकि यो दलाल पुँजीवादको विश्व हो
यहाँ निम्न वर्गका सपनाहरु
पिल्सिन्छन्
मध्यम वर्गका चाहनाहरु
मारिन्छन्
तिमी र हामीहरुलाई
डिप्रेसनका औषधि खुवाएर
मुस्कुराइरहन्छ
एउटा वर्ग
दाइ तिमी जलेका होइनौ
जलाइएको हो
तिमी मरेका होइनौ
मारिएको हो
सिंहदरबार र संसद भवनका
गेटहरुलाई चिता बनाएर
मलामी बनिरहेका
शासकका विरुद्ध
यो तिम्रो विद्रोह हो
दाइ तिमी जस्तै
हामी पनि लाचार छौं
हामी पनि मजबुर छौं
तर यति हो
हामी मर्न सकेका छैनौं
तर मरिरहेका छौं….
(इलाम)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


