
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २६ असोज । लगातार वर्षाका कारण मेचि राजमार्गको राजदुवाली खण्ड अझै बन्द रहेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा एक टोलीले सिमलगोलामा वैकल्पिक मार्गको सम्भावना अध्ययन गरेको छ, जसबाट यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार मर्मत कार्य तीव्र गतिमा अघि बढाइनेछ। तर, अविरल वर्षाका कारण तत्काल सडक सञ्चालन सम्भव नभएको प्रशासनले जनाएको छ। प्रशासनले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सावधानी अपनाउन आग्रह गरेको छ। वैकल्पिक मार्गको तयारीसँगै स्थानीय प्रशासन र सडक विभागको समन्वयमा यातायात सहज बनाउने प्रयास जारी छ।
काठमाण्डौ, २६ असोज । घरेलु टोली भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज फलोअनमा परेको छ । दिल्लीमा चलिरहेको टेस्टको पहिलो पारीमा वेस्ट इन्डिज २ सय ४८ रनमा अलआउट भएपछि फलोअनमा परेको हो । वेस्ट इन्डिज पहिलो पारीमा २ सय ७० रनले पछाडि परेको छ । अहिले वेस्ट इन्डिजले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ । पहिलो पारीमा वेस्ट इन्डिजका एलिक एथानाजेले सबैभन्दा धेरै ४१, शाई होपले ३६, टगेननारायण चन्द्रपाउलले ३४ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ५, रविन्द्र जडेजाले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ५ विकेट गुमाएर ५ सय १८ रन बनाउँदा…
प्रेम अधिकारीपशुपतिनगर(इलाम), २६ असोज । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको…
झापा, २६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक…
सुनसरी, २६ असोज। सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा असोज २५ गते सुनसरीको गढी गाउँपालिका–२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्था सुरुवाल र देवानगंज गाउँपालिका.४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ । चेक जाँचकै क्रममा कोशी गाउँपालिका–७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।
विराटनगर, २६ असोज । सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान–८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्र–९ का निश्चल चौधरीलाई २७० ट्याब्लेट डिकोलिक र स्पास्मो सहित पक्राउ गरेको हो । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले चेकजाँचको क्रममा सुन्दरहरैचा(१० का प्रेम खड्कालाई ट्रामाडोल ३४० क्याप्सुल, डिकोलिक…
विराटनगर, २६ असोज । झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँचको क्रममा असोज २५ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरको अवस्थामा करिव ४ लाख मुल्य बराबरको बिभिन्न किसिमको पटका जन्य विष्फोटक पदार्थ र तिहारमा बाल्ने झिलिमिली बल्व लाईट बरामद गरेको छ भने सुनसरीको देवानगंज गाउपालिका–४ स्थितबाट करिव ७३ हजार १ सय २० रुपैया मुल्य बराबरको पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।
भद्रपुर, २६ असोज । यहाँस्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले बताउनुभयो । रासस
झापा, २६ असोज । गत शुक्रवारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्…
अर्जुनधारा, २६ असोज । भौतिक तथा यातायात मन्त्री कुलमान घिसिङले अर्जुनधारा–१० र ११ स्थित बुटाबारीदेखि सालबारी हुँदै चिसापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमणि मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । स्टक्चर निर्माणको काम भइरहेको करिब ५ किलोमिटर लामो उक्त सडकको आज मन्त्री घिसिङले स्थलगत अवलोकन गर्नुभएको हो । संघीय बजेटबाट निर्माण शुरु भएको उक्त सडकको काम चाँडो सम्पन्न गर्नका लागि पहल भइरहेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनुभयो । सडक निर्माण सम्पन्न भएपछि यहाँका हजारौं बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।